शहिदनगर नगरपालिकाका मेयर बरबरियाले बुझाए साँचो
जनकपुरधाम : धनुषाको शहिद नगर नगरपालिका नगर प्रमुख उदय कुमार बरबरिया यादवले सरकारी गाडी बुझाएका छन्। विहिबार दिउँसो नगरपालिकाका कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) रामकिशोर महतोलाई साँचो बुझाएका हुन्।
आसन्न बैशाख ३० को स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरी निर्वाचन आचारसंहिता पालना गर्दै उनले गाडी बुझाएको हो। आफूले चढदै आएको गाडी निर्वाचनको मर्मलाई दृष्टिगत गरी साँचो बुझाएको मेयर बरबरियाले बताए। प्रदेश २–०२–००१ झ ०००१ नम्बरको सरकारी गाडी मेयर बरबरियाले प्रशासकीय अधिकृत महतोलाई बुझाएका हुन्। निर्वाचनको क्रमम चुनावी प्रचार प्रसारमा सरकारी सवारी दुरुपयोग नगर्न निर्वाचन आयोगले आचार संहिता जारी गरेपछि सवारी विधिवत रुपमा बुझाएका छन्।
जनप्रतिनिधिको रुपमा जनसरोकार र नगपालिकाको कामकाजको लागि चढदै आएको सरकारी गाडी उनले विहिबार दिउसो अधिकृत महतोलाई बुझाएका छन्। यसअघि उनले कोभिड महामारीको बेला आफूले चढदै आएको स्कोरपियो सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका थिए। मेयर बरबरियाले नगरपालिकाका जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, लेखापाल लोक बहादुर नेपाली सहित नगरपालिकाका अन्य कर्मचारीहरुको रोहबरमा गाडी बुझाइदिएका छन्।
यसैबीच धनुषा जिल्लाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले सरकारी गाडी बुझाएका छन्। बुधबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद दाहाललाई गाडीको साँचो बुझाएका हुन्।