म्याग्दीको मालिका गाउँपालिकामा माओवादी केन्द्रको उम्मेदवारी घोषणा

म्याग्दीको मालिका गाउँपालिकामा माओवादी केन्द्रको उम्मेदवारी घोषणा

बेनी : नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका उमेद्वार सार्वजनिक गरेको छ। गाउँपालिका, अध्यक्ष, उपाध्यक्ष र सातवटै वडाका अध्यक्षमा सर्वसम्मत उमेद्वार चयन गरेको हो।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रेशम जुग्जाली (सुविन) र उपाध्यक्षमा गौरी सेञ्चुरीलाई उमेद्वार बनाउने निर्णय भएको माओवादीका मालिका गाउँपालिका अध्यक्ष दोरण शेरचनले जानकारी दिए। 

उनका अनुसार वडा न. १ निस्कोटमा तिलक पुन, वडा नम्बर २ रुममा हर्कलाल दर्जी, वडा नम्बर ३ डाडागाउँमा मोतिप्रसाद बुढा, वडा नम्बर ४ ओखरबोटमा रेशम पुन, वडा नम्बर ५ देविस्थानमा विनोद फगामी, वडा नम्बर ६ दरवाङमा ओमकार रोका र वडा नम्बर ७ बिमको अध्यक्षमा रविन जुग्जाली माओवादी केन्द्रको तर्फबाट उमेद्वार छनौट भएका छन्।

‘मालिकाबासीको माग, आवश्यकता र अपेक्षा अनुसार योग्य र सक्षम उमेद्वार छनौट गरेका छौ,’ शेरचनले भने ‘मालिकाको समग्र विकास, सम्बृद्धी र शुसासन हाम्रा पार्टीका उमेद्वारको सामुहिक प्रतिबद्धता रहनेछ।’

सत्ता गठबन्धनको पाँच दलीय संयन्त्रमा आवद्ध नेपाली काँग्रेसले यसअघिनै बाहलवाला गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई मालिकाको अध्यक्षको उमेद्वार बनाउने घोषणा गरेको छ। एमालेले बेगप्रसाद गर्बुजालाई गाउँपालिकाको अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ।

माओवादीबाट गाउँपालिका अध्यक्षमा उमेद्वार बन्नुभएका जुग्जाली गत चुनावमा बिममा स्वतन्त्रबाट उमेद्वार बनेर वडा अध्यक्षमा बिजयी भएका थिए। जुग्जालीले वडा अध्यक्षको रुपमा विकास आयोजना कार्यान्वयन, जनपरिचालन, सामाजिक विकृति न्युनीकरण र विपद् ब्यवस्थापनमा सफल नेतृत्व गरेका थिए।

‘जनतासँग दिनानुदिन सम्पर्क हुने स्थानीय तहको नीति नियम, योजना र कार्यक्रम पनि उनिहरुका आवश्यकता र भावनासँग मेल खाने हुनुपर्छ,’ उनले भने, ‘त्यस्तो योजना बनाएर कार्यान्वयन गर्ने मेरो अनुभवलाई मालिकाको विकास र सम्बृद्धीमा उपयोग गर्ने लक्ष्य हो।’

गाउँ गाउँमा गुड्ने सडकमा बजारबाट सामान मात्र लैजाने नभएर गाउँका उत्पादन बोकेर बजार ल्याउने र गाउँमा पैसा भित्र्याएर पुगेको सुविधा उपयोगका लागि सक्षम बनाउने जुग्जालीको सोच छ।

उपाध्यक्षका उमेद्वार सेञ्चुरी गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट उपाध्यक्षकै उमेद्वार बन्नुभएको बनेकी थिइन्। उनी माओवादीको गण्डकी प्रदेश कमिटी सदस्य छन्। वडा अध्यक्षका उमेद्वार अधिकांश युवाहरु छन्। सबै वडाका सदस्यका उमेद्वार पनि छनौट गरेर चुनाव प्रचार अभियानलाई तिब्र बनाएको गाउँपालिका अध्यक्षका उमेद्वार जुग्जालीले बताए। 

९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार २०१ जना मतदाता छन्। गत चुनावमा मालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले, ३ वटा वडामा एमाले, एक वटामा माओवादी र एक वटामा स्वतन्त्र उमेद्वार बिजयी भएका थिए।

स्वतन्त्र प्यानलबाट जितेका जुग्जाली हाल माओवादीमा छन्। एमालेबाट उमेद्वार बनेर जितेका वडा नम्बर ३ का अध्यक्ष हेमबहादुर पुन हाल माओवादीमै छन्। बैशाख ३० गते हुने चुनावमा मालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.