अक्सिजन भर्दा उद्योगमा कसरी भयो विस्फोट ?

अक्सिजन भर्दा उद्योगमा कसरी भयो विस्फोट ?

काठमाडौं : बिहानको १० बज्न लागेको थियो। राजुबाबु ताम्राकारले फ्याक्ट्रीको ताला मात्रै के खोल्न खोजेका थिए, बम पड्किएजस्तै आवाज आयो। ‘थरर घरै हल्लियो,’ ताम्राकारले भने, ‘ऐया ! भन्दै कोही कराउँदै थिए। यताउता अक्सिजन सिलिन्डरका टुक्रा छरिए।’

पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्रालिमा बिहीबार विस्फोट भयो। दुई जनाको ज्यान नै गयो। सोही क्षेत्रमा इलेक्ट्रिक बक्सको फ्याक्टी चलाउँदै आएका ताम्राकारले सोच्दै नसोचेको घटना देखे। भन्छन्, ‘मेरो फ्याक्टी रहेको घरको झ्याल ढोका पनि फुटेको छ। ‘टप’ को एक साइडको वाल नै झरेको छ। यस्तो दुर्घटना होला भन्ने कल्पनै थिएन।’

विस्फोटमा घटनास्थलमा नै दुई कामदारको मृत्यु भएको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहले बता। ६ जना घाइते छन्। उनका अनुसार मृत्यु हुने दुवै जना भारतीय नागरिक हुन्। जसमा भारतको पश्चिम चम्पारम, रतनपुरका बृजमोहन महतो र राजकुमार महतो छन्। कम्पनीमा कार्यरत सुदीप तिमल्सेना, रमेश अधिकारी, दुर्गा पुरी, अञ्जना पौडेल, गंगाराज शर्मा र ईश्वर बजगाईं घाइते भएका छन्। उनीहरू उपचारपछि घर फर्किएका छन्। 

कसरी भयो विस्फोट

ललितपुर प्रहरी परिसरका प्रवक्ता शाहका अनुसार अक्सिजन प्लान्ट उद्योगमै दुर्घटना भएको यो नौलो घटना हो। करिब डेढ रोपनी क्षेत्रफलमा रहेको उक्त अक्सिजन प्लान्ट उद्योग विस्फोटबाट पूर्णरूपमा क्षतिग्रस्त छ। वरपरका घरमा पनि क्षति पुगेको छ। कुनै–कुनै घरको भित्ता चर्किएको छ त। कुनैको झ्याल ढोका र सिसा फुटेका छन्। स्थानीयले ‘लापरवाहीका’ कारण विस्फोट भएको दाबी गरेका छन्।

अक्सिजन ‘रिफिल’ गर्ने क्रममा ग्यासको प्रेसर अत्यन्तै बढी हुन्छ। त्यही कारण दुर्घटनामा परेका कामदारका शरीरका अंग पनि यत्रतत्र भेटिएको। प्रवक्ता शाहले बताए। विस्फोटको समयमा कारखानामा १० जना कामदार थिए। ग्यास भर्दा विस्फोट भएको अनुमान प्रहरीको छ। एक्कासि बमजस्तो आवाज सुन्दा सुरुमा त स्थानीयले भूकम्प गएको अनुमान गरेका थिए। विस्फोटबाट सगरमाथा प्लान्टको अग्लो टहरा एकै निमेषमा ध्वस्त भएको थियो। 

धेरै अक्सिजन सिलिन्डर पड्किएर उछिटिएका थिए। करिब ८ वर्षदेखि यो क्षेत्रमा अक्सिजन प्लान्ट उद्योग चलिरहेको छ।  यसअघि पनि कहिलेकाहीँ प्लान्टमा ‘पड्किएको आवाज’ सुन्ने गरेको स्थानीय बताउँछन्। यस विषयमा कम्पनी सञ्चालकसँग कुरा गर्दा अक्सिजन लिक भएर, पाइप पड्किएर आवाज आउने गरेको र यो सामान्य भएको जानकारी दिने गरेको स्थानीय राज ताम्राकार बताउँछन्। भने, ‘१–२ पटक पड्कँदा नै कम्पनी सचेत हुनुपथ्र्यो। लापरबाही गर्दा यस्तो दुर्घटना भयो। यस्तो डरलाग्दो ग्यास भण्डारण हुने उद्योग मानव बस्तीनजिक राख्ने विषयमा अब गम्भीर हुनुपर्छ।’  सगरमाथा अक्सिजन उद्योगका सञ्चालक नारायण तिमल्सेनाका अनुसार करिब २५ करोड लगानीमा २०७१ सालमा प्लान्ट सुरु गरिएको हो। ‘अहिलेसम्म केही समस्या थिएन’, तिमल्सेनाले भने, ‘महामारीको दुई वर्षमा मैले नै ललितपुरमा अक्सिजन अभावलाई टारेको हुँ।’ 

उक्त प्लान्टमा दैनिक १ हजार अक्सिजन सिलिन्डर रिफिल हुन्थे। ‘उद्योग नै पूर्ण ध्वस्त भयो,’ उनले भने। गृहमन्त्री बालकृष्ण खाँणले घटनाको छानबिन गर्न गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञविनोद पोखरेललाई निर्देशन दिएका छन्। 

छानबिन समिति गठन

उद्योगमा भएको विस्फोटका विषयमा छानबिन गर्न समिति बनेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानबिन समिति बनाएको हो। समितिमा मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य छन्। 
सात दिनभित्र घटनाको यथार्थ जानकारी पेस गर्न समितिलाई समय दिइएको मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ। घटनास्थलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र सचिव अर्जुनप्रसाद पोखरेलले अवलोकनसमेत गरेका छन्। उनीहरूले घाइते तथा मृतकका परिवारलाई भेटि उचित क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासन दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.