सिन्धुलीमा यी हुन् माओवादी केन्द्रका पालिका प्रमुख उम्मेदवारहरु

सिन्धुलीमा यी हुन् माओवादी केन्द्रका पालिका प्रमुख उम्मेदवारहरु

सिन्धुली : सत्ता गठबन्धनमा भागबन्डा मिलेपछि नेकपा माओवादी केन्द्र सिन्धुलीले पालिका प्रमुख उपप्रमुखका उमेदवारहरू टुंगो लगाएको छ । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका रहेकोमा एक नगरपालिकासहित कांग्रेसले पाँचवटा पालिका र माओवादी केन्द्रले एक नगरपालिकासहित चारवटा पालिकामा नेतृत्वसहित चुनावी तालमेल गर्ने निर्णय बिहीबार गरेको थियो । 

उक्त निर्णयसँगै माओवादी केन्द्रले पाएको चार पालिकामा नगर प्रमुख तथा अध्यक्ष र पाँच पालिकामा उपप्रमुखसहित उपाध्यक्षको उमेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजन दाहालका अनुसार शुक्रबार माओवादीले नेतृतव पाएको दुधौली नगरको प्रमुखमा दिनेश अधिकारीलाई उमेदवार बनाएको छ। 

यस्तै, शुनकोशी गाउँपालिका अध्यक्षमा दिपा बोहोरा दाहाल, मरिण गाउँपालिका अध्यक्षमा विमर्श मोक्तान (प्रख्यात) र हरिहरपुरगढी गाउँपालिका अध्यक्षमा बव्रध्वज वाईवालाई टिकट दिएको छ । दुधौली नगरपालिका यसअघि नेकपा एमालेले जितेको पालिका हो ।

माओवादी केन्द्रबाट नगर प्रमुखमा सिफारिस भएका अधिकारी २०७४ को निर्वाचनमा एमालेका घनश्याम राउतसँग थोरै मतले पराजित भएका थिए । उनलाई अहिले माओवादी केन्द्र बागमती प्रदेश कमिटीले पुनः उमेदवार बनाउने निर्णय गरेको हो ।यस्तै सुनकोशी, मरिण र हरिहरपुरढी गाउँपालिका यसअघि पनि माओवादी केन्द्रले जितेको पालिका हुन‍् । सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बाहोरा यसपटक अध्यक्षमै दोह्याउने भाग्यमानी नेतृ हुन् । मरिण गाउँपालिकाका अध्यक्ष पदका उमेदवार मोक्तान यसअघि सोहि पालिकाका वडा विजेता वडा अध्यक्ष हुन् ।

 हरिहरपुरगढीका अध्यक्ष पदका उमेदवार वाइवा भने नेकपा एमाले परित्याग गरि माओवादी केन्द्रमा केही समय अघि प्रवेश गरेका हुन् । उनी माओवादी केन्द्रका प्रदेश कमिटीका नेता हुन् । यस्तै जिल्लामा गठबन्धनबीच भएको भागबन्डा अनुसार नेपाली कांग्रेसले नेतृत्व पाएको कमलामाई नगरपालिकासहित पाँचवटा पालिकामा उपप्रमुख तथा उपाध्यक्षको उमेदवारको समेत नाम टुंगो लगाएको छ ।

लामो समयको रस्साकसीपछि नेपाली कांग्रेसले प्रमुख पाएको कमलामाई नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रले दिर्घराज श्रेष्ठलाई अघि सारेको छ । श्रेष्ठ केही दिन अघिमात्र जसपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । यस्तै तिनपाटन गाउँपालिकाको उपाध्यक्षमा अशोक पुलामी, फिक्कल गाउँपालिकाको उपाध्यक्षमा लोकेन्द्र कार्की , गोलन्जोर गाउँपालिकाको उपाध्यक्षमा ज्वाला प्रसाद न्यौपाने (पुकार) र घ्याङलेख गाउँपालिकाको उपाध्यक्षमा शंकरमान घलानलाई माओवादी केन्द्रका तर्फबाट उमेदवारमा छनौट गरिएको दाहालको भनाइ छ । 

यी पालिकाको प्रमुखमा कांग्रेसले शुक्रबार अबेरसम्म उमेदवारको टुंगो लगाउने नेपाली कांग्रेस सिन्धुलीका उपसभापति दिपक घिमिरेको भनाइ छ । यस्तै, वडा अध्यक्षहरूमा भने दुबे दलबीच भागबन्डा टुंगो लाग्न बाँकी छ । शनिबारसम्मा वडाहरू समेत टुंगिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.