जनकपुरधामका मेयर र उपमेयरले दिए राजीनामा

जनकपुरधामका मेयर र उपमेयरले दिए राजीनामा

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर र उपमेयरले राजीनामा दिएका छन्। उपमहानगरका मेयर लालकिशोर साह र उपप्रमुख रिता कुमारी मिश्रले आआफ्नो पदबाट एक अर्कालाई राजीनामा बुझाएका हुन्।

आसन्न स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगर प्रमुख साह र उपप्रमुख मिश्रले आआफ्नो पदबाट राजीनामा दिएका हुन्। उनीहरुले शुक्रवार दिउँसो राजीनामा बुझाएका हुन्। नगर प्रमुखसहित केही वडाध्यक्षहरुले पनि राजीनामा दिएका छन्।

मिश्रले भनिन्, ‘म लगायत नगर प्रमुख र वडाध्यक्षहरु उपमहानगरको कार्यालय पुगेर हामीले राजीनामा बुझाएका छौं।’ उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधानअनुसार आफूहरुले राजीनामा पत्र बुझाएको मिश्रले जानकारी दिइन।

नगर प्रमुख साह जनता समाजवादी पार्टीबाट पुनः मेयर पदका लागि उम्मेदवारी दिंदैछन् भने उपप्रमुख मिश्र लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ। यस अघि दुवैजना तत्कालिन राष्ट्रिय जनता समाजवादी पार्टीबाट चुनाव जितेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.