बर्दियाका पालिकामा खटिए निर्वाचन अधिकृत

बर्दियाका पालिकामा खटिए निर्वाचन अधिकृत

गुलरिया : आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजरगर्दै निर्वाचन अधिकृतहरुले कार्यालय स्थापनागर्दै पालिकाहरुमा खटिएका छन्। बर्दियामा मुख्य निर्वाचन अधिकृतसहित ८ वटै पालिकाहरुमा निर्वाचन अधिकृतहरुको कार्यालय संचालनमा आएको छ। 

औपचारिक कार्यक्रमकाबीच सबै पालिकाहरुमा निर्वाचन अधिकृतहरुको कार्यालय संचालनमा आएको बर्दियाका जिल्ला निर्वाचन अधिकारी कृष्ण बहादुर केसी कुँवरले बताए। विहिबारदेखि सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालयहरु उद्घाटन भएको छ। सदरमुकाम गुलरियामा बर्दिया जिल्ला अदालतका न्यायाधिश लोकजङ्ग शाह मुख्य निर्वाचन अधिकृत र अन्य पालिकाहरुमा निर्वाचन अधिकृतहरु कार्यालय संचालन गरी निर्वाचनका कार्यहरु गर्दै आएको उनले जानकारी दिए।

सदरमुकाम गुलरियामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। ठाकुरबाबा नगरपालिकामा प्रेमप्रसाद देवकोटा, बारबर्दियामा कृष्णप्रसाद चापागाई, वाँसगढीमा उमाकान्त अधिकारी, मधुवनमा निलकण्ठ बराल, राजापुरमा दशरथ गौतम र गेरुवा गाउँपालिकामा सुशिल देवकोटा तथा बढैयाताल गाउँपालिकामा विनोद गौतम निर्वाचन अधिकृत रहेको जिल्ला निर्वाचन अधिकारी कुँवरले प्रष्ट्याए।

गुलरियामा मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनमा आएपछि स्थानीय तह निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ। जसअनुसार बर्दियाका ८ वटै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयहरुमा वैशाख ११ र १२ गते विहान १० बजेदेखि वेलुकी ५ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने तालिका रहेको छ। वैशाख १२ गते वेलुकी ५ बजेदेखि ७ बजे सम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूचि प्रकाशन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.