तेक्वान्दो अन्तर्राष्ट्रिय रेफ्री ढकाल गृह जिल्लामा सम्मानित

तेक्वान्दो अन्तर्राष्ट्रिय रेफ्री ढकाल गृह जिल्लामा सम्मानित

काभ्रे : काभ्रे जिल्लाको पनौती निवासी विश्व तेक्वान्दोमा उत्कृष्ट निर्णायक रेफ्री दिपेन्द्र ढकाल गृह जिल्लामा सम्मानित भएको छन्। खेलकुद क्षेत्रमा योगदान पुर्याएका भन्दै अन्तर्राष्ट्रिय रेफ्री दिपेन्द्र ढकाललाई गृह जिल्लामा पनौती नगरपालिकाले शुक्रबार सम्मान गरिएको हो।
 
तेक्वान्दो रेफ्री दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा उत्कृष्ट निर्णायक घोषित भएका थिए। ढकाल नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक रेफ्री हुन्। 

चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरीयता जीटू तेक्वान्दो च्याम्पियनसिपमा ढकाल बेस्ट रेफ्री बन्न सफल भएका थिए। स्पेनमा भएको प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णायक रेफ्री सहभागी थिए। प्रतिस्पर्धामा सहभागी विभिन्न महादेशका रेफ्रीहरूलाई उछिनेर नेपाली रेफ्री ढकाल प्रथम बन्न सफल भएको भन्दै गृह जिल्ला पनौती नगरपालिकामा उनलाई सम्मान गरिएको नगरपालिका प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारीले जानकारी दिए।

पनौती नगरपालिका वडा नं ३ कुशादेवी निवासी ढकाललाई नगरपालिकाको नाम देश बिदेशमा फैलाउन सफल र खेलकुद क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गरिएको अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.