वडाध्यक्ष साह लोसपा परित्याग गरी तमलोपा प्रवेश
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका-३ का वडाध्यक्ष दिपेन्द्र साहले पार्टी परित्याग गरेका छन्। तत्कालिन राष्ट्रिय जनता समाजवादी पार्टी नेपालबाट वडा अध्यक्षमा निर्वाचित साहले पार्टी परित्याग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टी प्रवेश गरेका हुन्।
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष वृषेश चन्द्र लालले वडा अध्यक्ष दिपेन्द्र साहलाई पार्टी प्रवेश गराएका हुन्। साह आगामी आसन्न स्थानीय तहको निर्वाचनमा पुनः वडा अध्यक्षका उम्मेदवार हुन्।
वडाध्यक्ष साहले लोसपाभित्र जिल्लास्तरमा एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको बताए। नवप्रवेशी साहलाई तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंहलगायतकाले टीका लगाई पार्टीमा स्वागत गरेका छन्।