नुवाकोटमा ५० अति संवेदनशील र ५३ संवेदनशील मतदानस्थल

नुवाकोटमा ५० अति संवेदनशील र ५३ संवेदनशील मतदानस्थल

नुवाकोट : वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा मतदानका लागि मतदानस्थलको पहिचान तथा वर्गिकरण गरिएको छ। १२ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसंगै नुवाकोटका मतदानस्थलहरुको सुरक्षा संवेदनशीलताको पहिचान गरिएको हो। 

मतदानस्थल र मतदान केन्द्रसमेत चयन गरिसकिएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ। नुवाकोटमा एकसय ३१ मतदानस्थलका दुई सय ८७ मतदान केन्द्र कायम गरिएका छन्। 

जिल्ला निर्वाचन कार्यालय नुवाकोटले विदुर र वेलकोटगढी नगरपालिकाका साथै १२ वटै स्थानीय तहको मतदान केन्द्रको नामावली सार्वजनिक गरेको छ। जसमध्ये ५० मतदानस्थल अति संवेदनशील रहेका सो कार्यालयले जनाएको छ। 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले ५० मतदानस्थलमा रहेको ९५ मतदान केन्द्र अति संवेदनशील, ५३ मतदानस्थलको एकसय ३४ मतदान केन्द्र संवेदनशील र २९ मतदानस्थलका ५८ मतदान केन्द्र सामान्य रहेको जानकारी दिए। उनका अनुसार संवेदनशील र अति संवेदनशील स्थलहरुमा सुरक्षा सर्तकतामा बढोत्तरी गरिएको छ। 

ति केन्द्रहरुलाई विगतको निर्वाचनको अवस्था, भौगोलिक वातावरण तथा शान्तिसुरक्षाको पहिचानगरी वर्गिकरण गरिएको प्रजिअ रिसालले बताए। संवेदनशील र अतिसंवेदनशील मतदानस्थलहरुमा सुरक्षा योजना प्रभावकारीरुपमा कार्यान्वयन गरिनुका साथै सुरक्षाकर्मीसमेत बढाइने प्रजिअ रिसालको भनाई छ। 

नुवाकोटमा यस पटक दुई लाख ३७ हजार तीनसय ४३ जना कुल मतदाता रहेका छन्। सो संख्या पाँच वर्ष अगाडिमा निर्वाचनमा सहभागी मतदाता भन्दा १८ हजार बढी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए। जसअन्तर्गत तीन जना तेश्रो लिंगीलेसमेत मताधिकार प्रयोग गर्दैछन्। अन्तिम मतदाता नामावलीसँगै मतदान केन्द्र र मतदानस्थल समेत तोकिएको हो।  

स्थानीय तहको निर्वाचनमा हाल सार्वजनिक भएको नामावलीमा नाम रहेकाहरुले मात्रै मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। तोकिएको मतदान केन्द्र र मतदान स्थलमा गएर मतदान गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख जयप्रसाद गौतमको भनाई छ। 

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नुवाकोटका तीन वटा गाउँपालिकावाट ३ जना तेश्रो लिंगीले मताधिकार प्रयोग गर्न पाउनेछन्। कार्यालयका अनुसार नुवाकोटको ककनी, दुप्चेश्वर र शिवपुरी गाउँपालिबाट एक/एक जना तेश्रो लिंगीले मतदान गर्दैछन्।

निर्वाचन आयोगले मतदाता नामावली ऐन बमोजिम गत माघ २४ गतेसम्म नामावली दर्ता गराएका र वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकको नामावली मतदानका लागि स्वीकृत गरेको हो। स्वीकृत गरेको मतदाता नामावली अनुसार नुवाकोटका १ लाख २२ हजार ४ सय २ जना पुरुष, १ लाख १५ हजार २९ जना महिला र तेश्रो लिङ्गी ३ जनाले मताधिकार प्रयोग गर्न पाउने भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.