फलामे सुनको पुल !

फलामे सुनको पुल !

यता पनि मोड। उता पनि मोड। अनेक मोड। लाग्छ, जीवन मोडैमोडको सँगालो हो ! मोडमात्र बाटा। गल्ली, सडक राजमार्गहरूमै सीमित रहेनछन्। झन्डै चार बीस साढे सात वयस्क जीवनको मोडभरि अनगिन्ती मोड मोडिइसकेछु। भ्रूण अवस्था एक। भ्रूणहरू एकआपसमा जुझ्दै एक्स क्रोमोजोमबाट बालक र वाई क्रोमोजोमबाट बालिका बन्नु स्वयंमा प्रारम्भिक मोड। मातृ गर्भबाट प्रजनित हुनु अर्को।

दिनानुदिन रूपान्तरित भएर अनगिन्ती मोड गुज्रँदैका वर्तमान ! कैयन् भनिने र नभनिँदै गुजरा गरिएका मोडहरू। उल्लेखनीय रहेर पनि शाश्वत बनिसके। सबैलाई थाहा भएका शाश्वत सत्यहरू। दोहोर्‍याइरहनु नपर्दो। यावत् हाम्रा जानकारीका ठेली। तीन करोड नेपालीमध्येका एक मेरा अनुभव। सिद्ध अनूभूति ओकल्नु वयोवृद्ध तन्नेरी मनको जमर्को यो। नभएको मामाभन्दा ... मामा निको उखानको फेद यो।
अल्लारिएछु कसो कसो। अल्लारिनु जीवनको मोडजन्य अवस्था। दशकै दशकमा मोडिँदैका मोड विवरण कोर्दैछु। भूपि शेरचनले काठमाडौं उपत्यकालाई चुरोटको खाग÷धुलो हाल्ने भाँडो भनेथे। चारैतिर पर्वत शृंखलाले पहरा लाएको खाल्डो। कवि कल्पनाको करामत यस्तै...। जीव अनुभूति पुञ्ज। यतिञ्जेल आफ्नै विगत महाम्त्य परायण गर्दैछु।

२०२५ सालको अनुभूति। क्यालिफोर्नियाको राजधानी साक्रिमेन्टो। युवकयुवती अमेरिकालीहरूको जमात क्याक्टस कर्नरमा। नेपाली राष्ट्रभाषा सिकाउने चारमहिने कार्यक्रम। चारमहिने कार्यकालको कोर्राकालमा कोरा अमेरिकी युवकयुवतीलाई हाम्रो नेपाली सिकाउन सम्भव ? कसरी ? प्रविधिले सम्भव तुल्याउँदो रहेछ। भाषा सिकाउने कार्यक्रमका संयोजक बिल हायन्सन। असाध्यै छट्टु र चंख !
हामीलाई स्पेनिस भाषा आउँछ कि ? हामीसित जिज्ञासा राखे। १० जना थियौं टोलीमा। टोली नाइके म। स्पेनिस भाषा बोल्न कसैलाई आएन। हायन्सन केवल तलासेको रहेछ। थाहा भएछ एकै निमेषमा। उनले हामीलाई त्यही भाषा सिकाए। हप्तादिन लगाएर। एकापसमा स्पेनियाली भाषामात्र बोल्ने प्रबन्धात्मक वातावरण बनाइएथ्यो। त्यसै गर्‍यौं।

बाल्यकालमा अंग्रेजी नआउने हामी तीन, चार भाइबैनीहरू। मामा विज्ञानबहादुर मल्लले आलु, प्याज, गोलभेडा, अदुवा हातमा लिएर सोध्नुभयो, यसलाई के भन्छ ? एकपछि अर्को गर्दै यो पोटेटो, ओनियन...। यसैगरी अरू पनि पालैपालो अंग्रेजीमा चिनाएथे। मामा, उहिल्यै श्री ३ शमशेरको पालामा कलकत्ता, बनारस, दार्जिलिङ बस्दै सिकेबुझेका तरिकाले सिकाएको रहेछ। कालान्तरमा बुझें।

अञ्जान भाषीलाई समूहलाई नेपाली सिकाउनु जसोतसो बोल्नमा मात्र। सिलसिलाबद्ध हुँदो रहेनछ। बोल्न लेख्न र पढ्न सक्ने गरी सिकाउनु पो रहेछ। यी भए प्राथमिक चरणका प्रसंग। मुद्रामय सांंकेतिक भाषा ज्ञान छुट्टै विधा रहेछ। कालान्तरमा एकपछि अर्को उद्भव हुँदो रहेछ। अहिले वाक क्षमताबाट वञ्चित व्यक्तिका लागि सांंकेतिक भाषाको विकास भएको अनुभूत गर्छौं। दूरदर्शन यन्त्रहरूमा छ्याप्छ्याप्ती प्रचलित पाउँछौं। बोली नफुकेकाहरूका लागि विकसित सांकेतिक भाषा अब त विश्वभाषा नै बनिसकेको छ। विश्वभाषामा अब ब्रेललिपि पनि समाहित भइसकेको छ। विश्व मानव समुदायका लागि वैभवै बनिसकेछ यो। यो क्रम नहोला अवरुद्ध। हुने छैन। नहोस्, नहोऊन् कहिल्यै !

गोल्डेन गेट ब्रिजपछिका यात्राहरू पनि रोमाञ्चक थिए। २०२५ सालको तन्नेरी ठिटो म। अमेरिका नेपालभन्दा फरक देश। साँझको एक प्रहर। बाटाका पथयात्रा पथ टहल्दै गर्दा एक तरुनीले पस्नुस् न भनेर निम्त्याइन्। 

नेपाली भाषा अनुरागी जवान लख्खु अमेरिकालीहरू पनि सबै एकनास नहुँदो रहेछ। कोही चंखे, कोही लोसे। यस्तै हुँदो रहेछ। सबै गोरे कैले एकनास हुन्छन् कहाँ र... ? एकै हातका औंला त समान छैनन्। समान भइदिएको भए हातै पंगु बन्ने थियो। असमानताजन्य विविधताले नै विश्वविधाताका विधान चलायमान बन्दो रहेछ। विश्व स्वयं नै चलायमान। यसभित्रका यावत् प्रकृति, पर्यावरण पलाएका सृष्टि सबै चलायमान नै रहेका छन्।

स्थान र जंगम सबै चलायमान। हलचल नारीमस्ती पर्वत श्रेणी, एकै ठाउँमा जरा कसेको यामनका रुखहरू पनि हावासित हल्लिँदो रूप फेर्छन्। ऋतुगत रूप फेर्छन्। मानिस भाषाका माध्यमबाट कायापलट गर्छन्। भाषा शिक्षामा लाग्दै सिकें। जे जति गर्छौं हामी गर्दै सिक्छौं। सिक्दै गर्छौं। प्रवीणताको गर्भ प्रयासरत रहँदा भेटिँदो रहेछ। भाषा शिक्षणले पलाउन गुहार गरेको ज्ञान यो।

भाषा शिक्षण गर्दा कोर्रा अमेरिकी तरुण, तरुनीहरूलाई नेपाली बोलीमात्र सिकाइनँ। आफैंले पनि मौन यौनिक चर्तिकलाका छाडापन बुझें। अमेरिकी समाजको नाङ्गो चर्तिकला पनि बुझें। विश्व विविधता यस्तै यस्तै हुँदो रहेछ। हुन त अमेरिका पठनपाठन सामग्री खुल्ला बजारमा छ्यापछ्याप्ती भइरहन्छ। भइरहेका थिए। तसर्थ भाषा प्रशिक्षणशालामा पनि मनग्य तदर्थी शैलीगत व्यवहार सहजरूपमा लीलामय चर्या प्रत्यक्षीकरण भएको पाएँ।

स्वानुभूत प्रत्यक्ष दर्शन यो। कसैको पनि अनर्गल ओठ बाएको सुनिनँ, देखिनँ। मृत्युञ्जयी लीला वर्तन ठानेछु। कसैका लागि घोचक नभई यो मात्र रोचक प्रसंग बन्दो हुँदो हो। त्यसैले मृत्युञ्जयी भनें यो प्रसंगलाई। यस्ता प्रसंगहरू पुस्तान्तरण हुँदै सदाकालीन मृत्युञ्जयी बन्दो रहेछ। अल्छी नमानी प्रयासरत रहनु दीर्घायु हुनु र बन्नु रहेछ। नथाकी प्रयासरत रहनु त रहेछ दीर्घायुको अजस्र स्रोत। आफ्नै प्रयासमा झल्यासिएँ।
सक्रिमेन्टो पुग्दापुग्दै भाषा शिक्षणका संयोजक बिलले सोधे। सान्फ्रान्सिस्कोमा सबैभन्दा पहिले हेर्न र देख्न लायक कुन कुरा हो ?
मैले भनें, गोल्डेन गेट।
किन... ?
कारण... ! मैले भनें, म जन्मे हुर्केको ठाउँ भक्तपुर। त्यहाँ भव्य सुनको ढोका गोल्डेन गेट छ। मेरो स्कुले विद्यार्थीकालमा शिक्षक भैरवप्रसाद शर्माले अमेरिकी पर्यटकलाई बताएथे। विश्वमा जम्माजम्मी दुई सुनौला गेट छन्। एउटा यो र अर्को सन्फ्रान्सिस्कोमा। त्यसैले...।
बिलले भने, यहाँको गोल्डेन गेट त नेपालको जस्तो होइन। यो त कोल्याप्सेबल ब्रिज हो।
मैले भनें, किन त यसलाई गोल्डेन गेट भनिएको ? जिज्ञासा राखें।

यो विशाल भव्य कोल्याप्सेबल पुल हो। क्यानडाबाट ठूलाठूला जहाजको बेडा आउँछन्। ती आइपुग्दा पुललाई जहाज छिर्न हुने गरी छुट्ट्याउनु पर्छ। त्यसो नगरे जहाजको बेडा यता आउन सक्दैनन्। ती बेडामा भयंकर ठूला आयतनमा मालसामान आउँछन्। ती सामानबाट भन्सार रकम भव्य अंकमा आम्दानी गर्छन्। भव्य रूपमा उपार्जन हुने समुद्री यातायात मार्ग– पुल। 
सुन दिने पुल भएपछि सुनौलो पुल भएन र ! अनि सुनको पुल भन्नु परेन ?

त्यो नै प्रतीकात्मक जलमार्ग रहेछ, गोल्डेन गेट ब्रिज ! पुलको नाम त बहुआयामिक रहेछ। छुट्ट्याउँदा पदावलीमा जहाजमार्ग ! नछुटाई जोडिँदा पुलमाथि गुड्ने गाडीका बाटो। यस्तो पनि हुँदो रहेछ। २०२५ सालको नेपाली नागरिक म। यस्तो पनि हुँदो रैछ... मनमनै गाएँ गीत। जे होस्, नपुगेको ठाउँ पुगियो। नदेखेको ठाउँ देखियो। हुट्हुटी भेटियो मनको। जयतु संस्कृतम्। मनको धोको पुग्यो। फलामे गोल्डेन गेट हेरियो। मित्र मण्डलीले पनि देखें बुझें। संस्मरणार्थ त्यसको पोस्टकार्डहरू किनें। त्यसकै साकार चित्र प्रस्तुत छ।

यो अत्यन्त विशाल झोलुंगे पुल सनफ्रान्सिस्कोमा छ। यसले सनफ्रान्सिस्कोकै म्यारिन काउन्टीलाई जोड्छ। यसको मध्ये स्पान झन्डै एक माइलको लगभग एक पर्चौं (चार÷पाँच) खण्ड २ सय ५० फिट विशाल मोटो बाटिएको छ। पोस्टकार्डमा छापिएका अंग्रेजी अभिव्यक्तिलाई जस्ताको तस्तै उद्धृत गरेर प्रस्तुत गर्न जमर्किएको छु।

गोल्डेन गेट ब्रिजपछिका यात्राहरू पनि रोमाञ्चक थिए। २०२५ सालको तन्नेरी ठिटो म। अमेरिका नेपालभन्दा फरक देश। तै पनि मनमा नेपाली गीत नै गुन्गुनाइरहने। झम्झम् परेली... साँझको एक प्रहर। केवलकार यात्रा गरी झरेथें। बाटाका पथयात्रा पथ टहल्दै गर्दा एक तरुनीले पस्नुस् न भनेर निम्त्याइन्। टिकट लाग्दैन यहाँ। पसें, मधुरो मधुरो बत्ती ! क्लबको बीच एक भव्य गोलाकार मञ्च। एउटी तरुनी केटी गाउँदै, नाच्दै रहेकी। पलपलमा पहिरन फुकाल्दै। हुँदाहुँदै निवस्त्रै भइन्। मादक पदार्थ सेवन गर्दै नृत्यमा मगनमस्त हुँदी हुन्। मातिएर मदहोस हुँदिहुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.