४३ वर्षदेखिको मसाल यात्रामा पूर्णविराम

४३ वर्षदेखिको मसाल यात्रामा पूर्णविराम

प्यूठान : झिमरुक गाउँपालिका-१ सौतामारेफेदीका प्रतिमान पुनले ४३ वर्षदेखि आफू आवद्ध रहेको नेकपा मसाल त्यागेर एमालेमा प्रवेश गरेका छन्। सौतामारेफेदीमा आयोजित कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य एवं लुम्विनी प्रदेशका पूर्वमन्त्री हरिप्रसाद रिजालले उनलाई प्रवेश गराए। उनीसहित गाउँका २५ घरधुरी एमालेमा प्रवेश गरेको एमाले झिमरुक गाउँपालिका संगठन कमिटीका सचिव एवं झिमरुक गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष धुर्वराज खनालले जानकारी दिए।

०७४ सालको स्थानीय तह निर्वाचनमा उनी राष्ट्रिय जनमोर्चाबाट वडा नम्वर १ को सदस्यमा उमेदवारी बनेका थिए। निर्वाचनमा उनले ४ सय ३९ मत लिएका थिए। त्यसबेला आफूलाई मतदान गरेका सबैलाई एमालेमा प्रवेश गराउने तयारी रहेको समेत पुनले जानकारी गराएका छन्।

एउटा पुस्ता हुर्किदाको उमेरसम्म मसाल बनेका पुन उक्त पार्टीमा रहँदा विभिन्न मोर्चाको जिम्मेवारी सम्हालेर काम गरेका थिए। पार्टीको सिद्दान्त र व्यवहार सोँचेभन्दा फरक भएपछि मसालमै रहनुको आफूले औचित्य नदेखेको पुनले सुनाए।

उनी स्थानीय जनविकास आधारभूत विद्यालयको ०६३ सालदेखि हालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छन्। यसअघि उनी बांगेमरोठ स्वास्थ्यचौकीको १८ वर्ष व्यवस्थापन समितिको अध्यक्ष बनेर जिम्मेवारी पुरा गरेका छन्। गाउँमा समाजसेवीकोरुपमा समेत उनलाई धेरैले चित्रण गर्ने गर्दछन्। निर्वाचनको मुखैमा पार्टी छाडेपछि राजमोलाई ठूलो धक्का पुगेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.