कांग्रेस पनौतीले सिफारिस नगरेपछि जिल्लामा निवेदन

कांग्रेस पनौतीले सिफारिस नगरेपछि जिल्लामा निवेदन

काभ्रे : काभ्रेको पनौती नगरपालिकाका नगर समितिले कांग्रेसबाट नगरमा उठ्न चाहने मेयर उपमेयरका आंकाक्षीको नाम सिफारिस गरे पनि नाम काटिएको भन्दै जिल्लामा निवेदन परेकाछन्।

पनौती नगरपालिकामा कांग्रेसबाट मेयरमा आकांक्षीहरुको नाम बाटैमा हटाएर नयाँ नाम सिफरिस भएको भन्दै जिल्ला कार्यालयमा निवेदन परेको छ। मेयर पदका आकांक्षीहरु भोला थापा, राजेन्द्र पसछे, धन बहादुर जगम, महेश पौडेल, बिजयराम कर्माचार्य, दिनेश हुमागाई, प्रल्हाद के.सी, प्रदीप बोगटी, अर्जुन बञ्जारा, सुमेश थापा, राधव सिह थापा र उपमेयरका सुमित्रा आचार्य बजारा, आरती सापकोटा, अनिता बस्नेतले जिल्ला काग्रेंसलाई आफूहरुको कुरा सुन्न र आफूहरु मध्ये नै टिकट दिलाउन नेताहरुलाइ ध्यानाकर्षण गराएका हन्।

उनीहरुले नेपाली कांग्रेस जिल्ला कार्य समितिलाई पत्र लेख्दै आकांक्षीहरुको नामावली समाबेश गरी पाउँ भनी निवेदन दिएका हुन्। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले आसन्न स्थानीय निर्वाचनका लागि मेयर उपमेयरका आकांक्षी उम्मेदवारहरुको नामावली सिफारिश गर्न गरेको अनुरोध अनुसार पनौती नगर कार्य समितिका सभापति पदाधिकारी र आकांक्षीहरुबीच पटक पटक भएका छलफलले पठाएका नाम हटाई अरुकै नाम मात्र पठाएकोले आफूहरु निराश भएको उल्लेख छ।

पनौती नगर कार्य समितिको बैठकले सर्वसम्मतरुपमा तीन जनाको मेयर र उप मेयर तीन जनाको नाम पठएको थियो। नगर कार्य समितिको बुधबार बसेको बैठकले सर्वसम्मतरुपमा केन्द्रले पठाएको सर्कुलर अनुसार नाम पठाएको नेपाली कांग्रेस पनौती नगर सचिब नारायण सापकोटाले जानकारी दिए।

केन्द्रको सर्कुलर अनुसार मेयर पदमा दुई जना पुरुष एक जना महिलागरी तीन जनाको नाम जिल्ला कार्यसमितिमा पठाईएको सचिब सापकोटाले जानकारी दिए। नगरले मेयरको लागि राम शरण भण्डारी, श्रीराम थापा र मिरा नेपालीको नाम सर्वसम्मत गरेर पठाएको थियो। उपमेयरको लागि समितिले जयन्ती हुमागाई, अन्जु रन्जित केसी र हिरामाया मानान्धारको नाम सिफारिस गरी पठाएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.