जनकपुरधाम : मेयरका लागि साह स्वतन्त्रबाट उम्मेदवार

जनकपुरधाम : मेयरका लागि साह स्वतन्त्रबाट उम्मेदवार

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि स्वतन्त्रबाट बैद्यनाथ साहले उम्मेदवारी दिने घोषणा गरेका छन्। शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले आफू स्वतन्त्रबाट मेयरका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

जनकपुरधामको सरसफाई सेवामा १५ वर्षदेखि समर्पित रहेकोले थप सेवाको अवसरका लागि मेयरमा आफुलाई जिताउन स्थानीयबासीसंग आग्रह गरे। उनले भने, ‘म नगरको सरसफाईको काम गर्दै आएको छु, सरसफाईसहित गरिब, दिन दुःखीको सेवामा सधै लागेकोले अझ सेवाको मौका प्रदान गर्नुहुन्छ की भनेर मेयरमा उठन लागेको हुँ।’

काठमाडौँ पछि जनकपुरधामलाई दोश्रो धार्मिक पर्यटकीयस्थल बनाउन सकिने भएकोले यहाँको पोखरी, मठमन्दिर, कुटीलाई सौन्दर्यकरण गरेर यहाँ औधि पर्यटक भित्राउन सकिने बताए। जनकपुरधाममा केबल तथा स्थानीय टिभी सञ्चालन गर्दै आएका साहले आफू सेवक बन्नका लागि उम्मेदवारी दिन लागेको र नजितेपनि आफू सेवक नै भएर यहाँ निरन्तर काम गर्ने उनको भनाई छ।

यसअघि जनकपुरधामको मेयरका लागि निर्माण व्यवसायी बलराम महतो र नेपाली कांग्रेसको नगरसभापतिबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्ररुपमा मेयरका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.