जनकपुरधामका निवर्तमान वडाध्यक्ष कांग्रेस प्रवेश

जनकपुरधामका निवर्तमान वडाध्यक्ष कांग्रेस प्रवेश

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका-२ का निवर्तमान वडा अध्यक्ष शिव कुमार साह नेपाली कांग्रेस प्रवेश गरेका छन्। स्वतन्त्रबाट वडा अध्यक्षमा निर्वाचित भएका शिव कुमार साहले आसन्न स्थानीय तहको निर्वाचनमा पुनः वडा अध्यक्षमा दोहोर्याउन नेपाली कांग्रेस प्रवेश गरेका हुन्।

नेपाली कांग्रेसका जिल्ला सभापति योगी पजियार, जनकपुरधाम उपमहानगर उपसभापति राकेश विक्रम साहले शिव कुमारलाई गम्छा, माला तथा अबिर लगाई पार्टी प्रवेश गरेका थिए। पत्रकारहरुको एक प्रश्नमा उम्मेदवार साहले भने, ‘आवेश र उत्तेजनामा केही दिन पहिला एमाले प्रवेश गरेपनि नेतृत्वपंक्तिको आग्रहलाई स्विकार गर्दै पुनः पुरानै घरमा फर्कि आएको छु। म पहिले पनि कांग्रेस नै थिए, अहिले पनि कांग्रेस नै छु।’

साहले अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवार भई विजयी भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.