काभ्रे एमालेले उम्मेदवार टुंग्यायो, गाउँपालिकातर्फ प्रमुखमा सबै नयाँ अनुहार

काभ्रे एमालेले उम्मेदवार टुंग्यायो, गाउँपालिकातर्फ प्रमुखमा सबै नयाँ अनुहार

काभ्रे : नेकपा एमाले काभ्रेले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा नेकपा एमालेले उम्मेदवार टुंगाएको छ । निरन्तर छलफल गरेर जिल्लाको १३ स्थानीय तहमध्ये ६ नगरपालिका र ७ गाउँपालिकाका लागि प्रमुख र उप प्रमुखको नाम टुंगाएको नेकपा एमाले जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए । 

नगरपालिकातर्फ पनौतीमा भिम न्यौपाने, गिता बन्जारा रहेका छन् । दुबैजना ०७४ मा निर्वाचित प्रमुख उपप्रमुख हुन् । बनेपामा रत्नकुश रन्जित, बिमला सापकोटा, पाँचखालमा कन्चन अधिकारी, सुर्यमाया दनुवार, मण्डनदेउपुरमा बिदुर सापकोटा, सरिता ढकाल, नमोबुद्धमा राजन भुर्तेल, सम्झाना लामा, धुलिखेलमा अशोक ब्यन्जु, लाल तारा अधिकारी रहेको जिल्ला सचिव भुर्तेलले जानकारी दिए । ०७४ मा एमालेबाट निर्वाचित प्रमुखमा भिम न्यौपाने, अशोक ब्यन्जु र उप प्रमुखमा गीता बन्जारा दोहोरिएएका उम्मेदवार हुन्।

यस्तै गाउँपालिकातर्फ  रोशी गाउँपालिकामा देव सागार लामा, बबिता बोहरा, तेमाल गाउँ पालिकामा इन्द्र तामाङ, साम्तेन लामा, भुम्लु गाउँपालिकामा प्रेम लामा, कल्पना श्रेष्ठ, चौरीदेउराली गाउँपालिकामा जितराम लामा, बबिता खरेल, महाभारत गाउँपालिकामा पुर्ण बहादुर वाईवा, शान्ति तितुङ रानामगर, बेथानचोक गाउँपालिका कमल तिमल्सिना, सरला लमिछाने र खानिखोला गाउँपालिका डम्बर तिमल्सिना, रुकमणि गुरुङ रहेकाछन् ।

 गाउँपालिकातर्फ प्रमुखमा सबै नयाँ अनुहार ल्याएका छन् भने उप प्रमुखमा खानिखोला गाउँपालिका ०७४ मा जितेकी रुकमणि गुरुङलाई दोहोर्‍याएका छन्।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.