महोत्तरीको बलवा नगरपालिकाको उप-मेयरमा कांग्रेसबाट ममता महतो उम्मेदवार
जनकपुरधाम : लामो रस्साकस्सीका बीच नेपाली काङ्ग्रेसले बलवा नगरपालिकामा उप–मेयरको टुंगो लगाएको छ । महोत्तरीको बलवा नगरपालिकाका उप–मेयरमा नेपाली कांग्रेसका जिल्ला सदस्य ममता महतोको टुंगो लागेको हो । नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीति सुरु गरेकी महतोलाई बलवाको उप–मेयर दिएको हो । 'म यहीकी छोरी हुँ,' महतोले भनिन्, 'यहाँका यावत समस्याहरु देखेकी छु, भोगेकी छु । धूलो धुवाँ खाएकी छु । सार्वजनिक बसदेखि साइकल र स्कुटरको यात्रा गरेकी छु । मोख छोप्दै धूलो, धुँवा र फोहोरको गन्धमा नाक थुन्दै हिँडेकी छु । विकास–निर्माणका काममा हुने गरेका बदमासी र भ्रष्टाचारबारे सुनेकी–पढेकी छु । यिनै भोगाइहरुले मलाई मेयर बन्ने इच्छा थियो । तर पार्टीले उपमेयरको मुल्याङकन बनेर पठायो । त्यसैले पहिलो पाइला हाक्ने न्यायको महत्वाकांक्षा पैदा भयो ।'
नेपाल विद्यार्थी संघको निवर्तमान केन्द्रीय सदस्य समेत रहेकी महतोले नगरपालिकाकामा सुशासन, शान्ति, सु–व्यवस्था कायम गर्न तथा न्यायको प्रत्याभूति दिलाउन उप–मेयरमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्न चुनावी मैदानमा उत्रिएको बताइन् । उनले भनिन, 'म जनताको सेवक बन्न चाहन्छु, नगरपालिकामा रहेको गरिबी, बेरोजगारी, आर्थिक बिपन्नतालाई हटाएर सबल, समृद्ध नगर बनाउने परिकल्पनालाई जितेर साकार पार्छु ।'
नेपाली कांङ्ग्रेसको स्थानीय निर्वाचन विधान समिति सदस्य समेत रहेकी महतोले नगरपालिकाभित्र रहेको गरिबी, बेरोजगारी र अशिक्षालाई मूल जडोमा गएर समाजिक तथा राजनीतिक रुपमा क्षेत्रमा काम गर्दै आएकी छिन् । उच्च शिक्षा हाँसिल गरिसकेकी महतोले मधेसको प्रमुख समस्या विकास निर्माण, सामाजिक कुरीति रहेकोले समाधानको उपया खोजिनुपर्ने बताउँछिन् ।
उनले स्थानीय चुनाव नै अहिलेको राजनीतिक अन्योल समाधान गर्ने प्रस्थान विन्दु रहेको उल्लेख गरिन् । 'स्थानीय चुनावले डामडुम सबै समाधान गर्छ भन्ने त होइन,' महतोले भनिन्,'तर समाधानको बाटोमा लैजान्छ ।' जनताको सेवा गर्ने दृढ संकल्पका जनताको करको सही सदु्पयोगका लागि उनीहरुको घरदैलो सेवाका लागि उपमेयरमा मैले उम्मेदवारी दिन लागेको हुँ ।'