टिकट वितरणमा विवाद हुँदा जसपामा कुटाकुट, १० बढी घाइते

टिकट वितरणमा विवाद हुँदा जसपामा कुटाकुट, १० बढी घाइते

जनकपुरधाम : सत्तारुढ गठबन्धनको घटक दल जनता समाजवादी पार्टी नेपालमा टिकट वितरणको विषयलाई लिएर कुटाकुट भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धन आवद्ध अन्य दलहरुलाई उम्मेदवारी छनोट सकस भइरहेको समयमा जनता समाजवादी पार्टीमा टिकट वितरणलाई लिएर कुटाकुट भएको हो ।

आइतबार बिहान जनकपुरधामस्थित होटेल राजदरवारमा बसेको बैठकमा टिकट वितरण विषयमा भएको विवादले उग्ररुप लिँदा नेता तथा कार्यकर्ताबीच कुटाकुट भएको हो । कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादव सहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएको जसपा धनुषाले जनाएको छ । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।

स्रोतका अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापडि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए ।

मधेश प्रदेशभरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुर्‍याउन बिहानदेखि बसेको बैठकस्थलमा आएर आकांक्षी उम्मेदवारहरुले टिकटका लागि नेताहरुलाई दबाब दिँदै आएका थिए । तर, नेताहरुले उनीहरुलाई टिकट नदिइ अरुलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरुको भीडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव र गजाधर रोहिता यादव लगायतका शीर्ष नेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कुटपीट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.