जनकपुरधामको मेयरमा जसपाबाट लालकिशोर साह

जनकपुरधामको मेयरमा जसपाबाट लालकिशोर साह

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा जनता समाजवादी पार्टीले मेयर पदका लागि लालकिशोर साहलाई टिकट दिएको छ। आईतबार बिहान बसेको जसपा प्रदेश र केन्द्रीय कमिटीको संयुक्त बैठकबाट लालकिशोर साहलाई पुनः मेयर पदमा चुनाव लड्न जसपाले टिकट दिएको हो।

यसअघि २०७४ मा साह तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट मेयर पदमा निर्वाचित भएका थिए। पछि राजपा र संघीय समाजवादी पार्टीबीच एकता भएर जसपा बन्दा उनी महन्थ ठाकुर र राजेन्द्र महतोको कित्ता परिवर्तन गरेर उपेन्द्रमा गए। जबकी राजेन्द्र महतोका निकटस्थठ नेता मानिन्थे।

पार्टी विभाजन हुँदासमेत मेयर साह पुनः मेयर पदको टिकटका लागि जसपामै रोजेका थिए। पदमा रहुञ्जले जनभावना अनुसार काम नगरको तथा चरम भ्रष्टाचार गरेको भन्दै साहप्रति जकपुरका जनता असन्तुष्ट रहेको बेलामा मेयरमा पुनः लालकिशोर साहलाई जसपाले उम्मेदवार बनाएको हो।

जनकपुरमा गठबन्धनबाट जसपाका भागमा नगर प्रमुख परेको छ। तर गठबन्धन भित्रका दलका नेता कार्यकर्ताले उनलाई मतदान नगर्ने बताइरहेका छन्। गठबन्धन दलका नेता कार्यकर्ताले लालकिशोर साहको विकल्पका अनुहार जसपाले मेयरमा ल्याउनुपर्ने भन्दै आएका छन्। तर अन्तिम समयमा जसपाले मेयरमा लालकिशोर साहलै नै टिकट दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.