कैलाली र कञ्चनपुरमा एमालेले टुंग्यायो उम्मेदवार

कैलाली र कञ्चनपुरमा एमालेले टुंग्यायो उम्मेदवार

धनगढी : नेकपा एमालेले कैलाली र कञ्चनपुरका स्थानीय तहमा उमेदवारहरु टुंग्याएको छ। कैलालीका चुरे र मोहन्याल बाहेक ११ वटा स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको हो।

केन्द्रीय सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छनोट गरेको भोलिपल्ट आइतबार एमालेको प्रदेश कमिटिले बाँकी रहेका १२ मध्ये १० वटा  स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएको हो। 

केन्द्रीय सचिवालयले धनगढीको मेयरमा रण बहादुर चन्द र उपमेयरमा कन्दकला रानालाई टिकट दिएको थियो। एमाले प्रदेश कमिटिका सचिव धर्मराज पाठकले  दिएको जानकारी अनुसार टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुहा नगरपालिकाको मेयरमा महादेव बजगाइ र उपमेयरमा जुना चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटाला, गौरीगंगा नगरपालिकाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह उमेदवार बन्ने भएका छन।

गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया तथा भजनी नगरपालिकाको मेयरमा हर्क बुढा र तुलसी चौधरी उम्मेदवार बन्ने भएका छन्। जानकी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बम र उपाध्यक्ष गिता चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भुल, कैलारी गाउँपालिकाको अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुराम चौधरी, तथा बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर र इन्दु चौधरी सर्वसम्मत उम्मेदवार बनेको पाठकले बताए। 

मोहन्याल र चुरे गाउँपालिकाका उम्मेदवारको भने टुङ्गो लाग्न सकेको छैन। यी दुवै पालिकामा पनि आइतबार नै उम्मेदवार छनोट गर्ने तयारी रहेको एमालेले जनाएको छ। 

यस्तै एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ। भीमदत्त नगरपालिकाको मेयरमा महेशप्रसाद पन्त र उपमेयरमा भुवन केसी कुँवरलाई उम्मेदवार बनाउने निर्णय भएको छ। 

दोधाराचादनी नगरपालिकाको मेयरमा किशोर लिम्बु, उपमेयरमा खेमा चन्द, वेदकोट नगरपालिकाको मेयरमा सुशिला सिंह, उपमेयरमा लक्ष्मण राना, शुक्लाफाँटा नगरपालिकाको मेयरमा रणबहादुर महरा, उपमेयरमा मोनिका भण्डारीलाई पठाउने निर्णय भएको छ।

कृष्णपुर नगरपालिकाको मेयरमा लोकेन्द्रप्रसाद पन्त, उपमेयरमा रमिता राना बडायक र पुनर्वास नगरपालिकाको मेयरमा पदम पुजारा, उपमेयरमा सुशिला खत्री तथा बेलौरी नगरपालिकाको मेयरमा कमला बोहरा, उपमेयरमा जोगुराम चौधरीलाई उम्मेदवार बनाइने पाठकले बताए।  

यस्तै लालझाडी गाउँपालिकाको अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी र बेल्डाडी गाउँपालिकाको अध्यक्षमा अक्कलबहादुर विष्ट, उपाध्यक्षमा फूलकुमारी राना उम्मेदवार बन्ने भएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.