जाजरकोटमा सत्ता गठबन्धनको भागबन्डा मिल्यो

जाजरकोटमा सत्ता गठबन्धनको भागबन्डा मिल्यो

जाजरकोट : जाजरकोटमा सत्ता गठबन्धनको भागबण्डा मिलेको छ। सात पालिका रहेको जाजरकोटमा नेपाली काँग्रेसले तीन, माओवादी केन्द्रले तीन र नेकपा समाजवादीले एक पालिका लिने सहमति भएको हो। 

नेपाली काँग्रेसको भागमा बारेकोट गाँउपालिका, कुशे गाँउपालिका र छेडागाड नगरपालिका, माओवादी केन्द्रको भागमा नलगाड नगरपालिका, जुनीचाँदे गाँउपालिका र शिवालय गाँउपालिका भाग परेको छ। नेकपा समाजबादीले भेरी नगरपालिका भाग लिएको छ। सत्ता गठबन्धनको आइतबार केहीबेर अघि बसेको प्रदेशस्तरीय संयन्त्रले भागबण्डा टुङ्गो लगाएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव विक्रम शाहले बताए।

शाहका अनुसार संयन्त्रले भेरी र नलगाडमा काँग्रेसलाई उपमेयर दिएको छ भने शिवालय गाँउपालिका र जुनीचाँदे गाँउपालिकाको उपाध्यक्ष पनि काँग्रेसले पाउने भएको छ। त्यस्तै छेडागाडको उपमेयर, बारेकोट र कुशे गाँउपालिका उपाध्यक्ष पनि माओवादीकै भागमा परेको छ। वडाको भागबन्डा भने जिल्ला स्तरीय संयन्त्रले टुङ्गो लगाउनेछ। वडाको भागबण्डा मिलाउन जिल्लास्तरीय संयन्त्रको बैठक बसिरहेको नेपाली काँग्रेसका सहसचिव खडक विसीले बताए।

सत्ता गठबन्धनले सोमबार मात्र मनोनयन गर्ने जनाएको छ। एमालेलगायतका अन्य दलले पनि सोमबार नै मनोनयन दर्ता गर्ने बताएका छन्। जाजरकोटमा १२ राजनैतिक दलले दल दर्ता गराएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.