धमलाले ल्याए ‘द सेल्फिस सिटी’

धमलाले ल्याए ‘द सेल्फिस सिटी’

काठमाडौं : अंग्रेजी भाषाका कृतिहरु नेपाली साहित्य बजारमा कमै लोकार्पण हुने गर्छन्। तर, पछिल्लो समय नेपाली साहित्य बजारमा अंग्रेजी भाषाका कृतिको विमोचन तथा पुस्तक परिचर्चा पनि राम्रै हुन थालेको नकार्न सकिँदैन। यस्तै भयो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा।

लामो समयदेखि शिक्षण सेवामा आबद्ध रहेका भोजकुमार धमलाको पहिलो कवितात्मक पुस्तक ‘द सेल्फिस सिटी’ लोकार्पण भएको छ। पुस्तक महाकविका छोरा पद्मप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा विमोचन गरिएको थियो। उनले कार्यक्रममा अंग्रेजी भाषाको पुस्तक धेरै भए पनि अन्य भन्दा धमलाको ‘द सेल्फिस सिटी’ फरक रहेको बताए। उनले भने, ‘नेपालमा अंग्रेजी साहित्य पनि राम्रो लेखिन थालेको महुसस भयो। पुस्तकमा समेटिएका कविताहरू अर्थपूर्ण र मनन गर्न बाध्य बनाउने खालका छन्।’

पुस्तकमाथि अर्का वक्ता प्रा.डा. अरूण गुप्तोले द सेल्फिस सिटी’ पुस्तक व्याङ्ग्यात्मक शैलीमा पेचिला शब्दको प्रयोग भएको बताए। उनले पुस्तकका बारेमा बोल्दै भने, ‘लेखक धमलाको यो पुस्तकले परम्परागत लेखनमाथि प्रहार गर्दै पहिचानको विचार विमर्श गराउन सघाउने छ।’

अंग्रेजी भाषाको पुस्तक प्रकाशन गर्नु नै ठूलो जोखिम मोल्नु रहेको बताए वक्ता प्रा. केशल सिग्देलले उनले भने, ‘नेपालमा रहेर नेपाली पुस्तक प्रकाशन गर्नै गाह्रो रहेको बेला अंग्रेजी भाषाको पुस्तक निकाल्नु आफैमा ठूलो उपलब्धी हो।’

सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक मुमाराम खनालले लेखकले बहुआयामिक भूमिकामा अभिनय गरेको पुस्तकमा समाज तथा राजनीतिक परिवर्तमा समेत महत्वपूर्ण भूमिका रहने बताए। पुस्तकमा विभिन्न खालका परिवेशको भोगाइलाई आकर्षक शैलीमा उतारेको भनाइ उनको थियो।

कार्यक्रममा लेखक धमलाले पुस्तक लेखनका अनुभव पनि सुनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.