कैलालीको मुक्तकमैया बस्तीमा भीषण आगलागी

कैलालीको मुक्तकमैया बस्तीमा भीषण आगलागी

धनगढी : कैलालीको कैलारी गाउँपालिका-७ विपतपुरस्थित मुक्त कमैया शिविरमा भीषण आगलागी भएको छ। आगलागीबाट ७० बढी घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त शिविरमा ७० भन्दा बढी घरधुरी रहेको प्रहरीले जनाएको छ।

आगलागी अझै नियन्त्रणमा आइसकेको छैन। स्थानीयले गहुँ काटिसकेपछि खेतमा बाँकी रहेको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ। घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाबाट गएको तीन वटा दमकलबाट आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बेद प्रकाश जोशीले बताए।

स्थानीय प्रहरी चौकी, भजन प्रहरी चौकी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेको उनले बताए। आगलागीबाट मानवीय र चौपाया क्षति भने भएको छैन। दमकल आउनुअघि नै स्थानीयले आगो नियन्त्रणको प्रयास गरेपनि नियन्त्रणमा ल्याउन सकिएको थिएन।

अहिले पनि तीन वटा दमकल घटनास्थलमा पुगे पनि पानी भर्न नदी टाढा भएकाले समस्या भइरहेको बताइएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापा, एसपी सोमेन्द्र सिंह राठौरले सहितको टोली घटनास्थल पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.