कमलामाईमा गठबन्धनबाट पोखरेल र एमालेबाट श्रेष्ठ उमेदवार

कमलामाईमा गठबन्धनबाट पोखरेल र एमालेबाट श्रेष्ठ उमेदवार

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकामा उम्मेदवार टुंगिएको छ। नगरको प्रमुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उज्ज्वल पोखरेल र नेकपा एमालको तर्फबाट महेन्द्रदेब श्रेष्ठको नाम टुंगो लागेको हो।

पोखरेल नेपाली कांग्रेस सिन्धुलीका सभापती हुन् भने श्रेष्ठ नेकपा एमालेका पूर्व जिल्ला सहसचिव तथा कमलामाई नगर कमिटीका अध्यक्ष हुन्। सत्तारुढ दलबीचमा कमलामाई नगरपालिकाको मेयर नेपाली कांग्रेसलाई दिने यस अघिनै सहमति भएपनि कांग्रेसले उमेदवार छनौट गर्न सकेको थिएन्। 

यस्तै नेकपा एमालेमा पनि वर्तमान नगर प्रमुख खड्गबहादुर खत्रीले समेत दोहोरिन चाएपछि सर्वसम्मत हुन सकेको थिएन। 

तर उमेदवार दर्ता गर्ने पहिलो दिन अन्तिम समयमा आएर नेपाली कांग्रेस र नेकपा एमाले दुबैले नगर प्रमुखका उमेदवारको नाम टुंगो लगाएका हुन। सात्तारुढ दलको मेयरमा कांग्रेसका जिल्ला सभापति उज्ज्वल पोखरेल र उपमेयरमा नेकपा माओवादी केन्द्रका दिर्घराज श्रेष्ठलाई उठाउने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला उपसभापती दिपक घिमिरेले जानकारी दिए। 

यस्तै नेकपा एमालेले भने नगर उपप्रमुखमा वर्तमान उपमेयर मन्जु देबकोटालाई नै अघि सारेको नेकपा एमाले प्रचार विभाग प्रमुख संजय कुमार दाहालले जानकारी दिए। 

जिल्लाको कमलामाई नगरपालिकामा सत्तारुढ दल र नेकपा एमालेले उमेदवार टुंगो लगाउन नसक्दा आइतबार दुबै दलका तर्फबाट कुनैपनि पदमा उमेदवारी दर्ता हुन सकेको छैन। एमालेले आइतबारनै जिल्लाभर उमेदवारी दर्ता गर्ने भनेपनि उमेदवारको टुंगो लगाउन नसक्दा रोकिएको हो।

सत्ता गठबन्धन र नेकपा एमालेले सोमबार उमेदवारी दर्ता गर्ने जनाएका छन्। यद्यपी सत्तारुढ दलहरुविच वडा स्तरमा भने अझै सहमति हुन सकेको छैन। उता नेकपा (एकीकृत समाजवादी) र जसपालाई सत्तारुढ दलका नेपाली कांग्रेस र माओवादी केन्द्रले कुनैपनि तहमा चुनावी तालमेल गर्न सहकार्य नगरेपछि उनिहरुपनि एक्लाएक्लै उमेदवारी दिने तयारी गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.