सिन्धुलीमा ६८ जनाको उम्मेदवारी दर्ता

सिन्धुलीमा ६८ जनाको उम्मेदवारी दर्ता

सिन्धुली : बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुली जिल्लामा आईतबार पालिका प्रमुखमा १३ जना र उपप्रमुखमा ३ जनासहित ६८ जनाको उम्मेदवारी दर्ता भएको छ। 

जिल्लाको दुई नगरपालिका र सात गाउँपालिकामा गरी स्वतन्त्रसहित ६८ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो। नौ वटा स्थानीयतह रहेको सिन्धुलीमा पालिका अध्यक्ष तथा मेयरमा १३ जना, उपाध्यक्षमा तीन जना र अन्य पदमा ५२ जनाको उम्मेद्वारी दर्ता भएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ। 

दुधौली नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्वारकोरुपमा केदारप्रसाद गिरी र सुनकोसी गाँउपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वारकोरुपमा उत्तरकुमार लामाले उम्मेद्वारी दर्ता गराएका छन्। उनीहरु नेपाली काँग्रेसका बागी उमेद्वार हुन्।  

सत्तारुढ गठबन्धन र नेकपा एमालेले उम्मेद्वार चयनमा अलमल भएको भन्दै सोमबार मात्रै निर्बाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गर्ने जनाएका छन्। मरिण गाँउपालिकामा अध्यक्षको दाबी गर्दै नेकपा (एमाले)बाट गोबिन्दलाल माझीले उम्मेद्वारी दर्ता गरेका छन।

त्यस्तै मङगोल नेश्नल अर्गनाईजेसनबाट छलिमाया पाख्रिन र उपाध्यक्षमा धनजरीमाया बल र स्वतन्त्ररुपमा राजन थापाले उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत ध्रुप प्रसाद सापकोटाले जानकारी दिए। मरिण गाँउपालिकामा अन्य पदमा समेत गरेर पाँच जनाको उम्मेदवारी दर्ता भएको छ।

हरिहरपुरगढी गाँउपालिकामा अध्यक्षको दाबी गर्दै नेकपा (एमाले)बाट मानबहादुर वाईवा र उपाध्यक्षमा निर्मला ठाडामगरले उम्मेदवारी दर्ता गराएका छन्। गाँउपालिका अध्यक्ष पदको दाबी गर्दै मङगोल नेश्नल अर्गनाईजेशनबाट तुलसी राई, जनता समाजबादी नेपालबाट पञ्चमान बम्जनले उम्मेदवारी दर्ता गराएका छन। हरिहरपुरगढी गाँउपालिकामा अन्य पदमासमेत गरी ४० जनाको उम्मेदवारी दर्ता भएको निर्बाचन अकिृत भरतकुमार दाहालले जानकारी दिए। 

दुधौली नगरपालिकाको मेयरको दाबी गर्दै स्वतन्त्र उमेदवारको रुपमा केदारप्रसाद गिरी र भक्तिबिलास दाहालले उम्मेदवारी दर्ता गराएको निर्बाचन अधिकृत दिपक ढकालले जानकारी दिए। ‘दुधौलीमा दुई जना स्वतन्त्र उमेदवारको उम्मेदवारी दर्ता भए पनि ठुला दलका तर्फबाट कुनै पनि उमेदवार दर्ता भएको छैन,’ उनले भने।

तीनपाटन गाँउपालिकाको अध्यक्षको दाबी गर्दै नेकपा माक्र्सवादी (पुष्पलाल)बाट पुरुषोत्तम अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। अर्का एक जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताइएको छ।

गोलन्जोर गाँउपालिकामा अध्यक्ष पदको दाबी गर्दै नेकपा (समाजबादी)बाट हरिबाबु नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। ‘सुनकोशी गाँउपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उमेदवार उत्तरकुमार लामा, उन्नत लोकतन्त्र पार्टीबाट बालकुमार बुर्जा, नेपाली काँग्रेस बीपीबाट माधबप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको छ,’ मुख्य निर्वाचन अधिकृत सापकोटाले भने। उक्त पालिकामा अन्य पदमासमेत गरी आठ जनाको उम्मेदवारी दर्ता भएको छ। 

उता फिक्कल गाँउपालिकामा अध्यक्ष पदमा मङगोल नेश्नल अर्गनाईजेशन पार्टीबाट बुद्धबहादुर सुनुवारको उम्मेदवारी दर्ता भएको छ। फिक्कलमा अन्य पदमा समेत छ जनाको उम्मेदवारी दर्ता भएको छ। कमलमाई नगरपालिका ८ मा स्वतन्त्र वडा अध्यक्षका रुपमा एक जना र घ्याङलेख गाँउपालिकामा वडा अध्यक्ष र सदस्यसमेत गरी दुई जनाको उम्मेदवारी दर्ता भएको निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.