अन्तिम समयमा एमालेले गर्‍यो उम्मेदवार फेरबदल, बहालवाला मेयरको टिकट खोसियो

अन्तिम समयमा एमालेले गर्‍यो उम्मेदवार फेरबदल, बहालवाला मेयरको टिकट खोसियो

ढल्केवर(धनुषा) : नेकपा एमालेले धनुषाको मिथिला नगरपालिकाको मेयर पदको लागि राजाराम महतोलाई उम्मेदवार बनाएको छ । पार्टीको नगर कमिटीले सर्वसम्मतरुपमा बहालबाला मेयर हरिनारायण महतोलाई एकल सिफारिस गरेपनि पार्टीले अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको हो ।

पार्टीले आफूलाई मेयरको टिकट दिएको प्रत्यासी राजाराम महतोले अन्नपूर्णलाई जानकारी दिए । उनले २ बजेअघिनै ढल्केवरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराउने तयारी गरिरहेको बताए । महतोले अघिल्लो चुनावमा स्वतन्त्रबाट मिथिला नगरपालिकाको मेयर पदमा ३ हजार ५१५ मत ल्याएर पराजित भएको थिए । कांग्रेसबाट वागी उम्मेदवार बनेका महतो मतपरिणाममा तेस्रो स्थानमा थिए । मेयरमा एमालेका हरिनारायण महतो ६ हजार ७४० मत प्राप्त गरी विजयी भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार महतोले ५ हजार १७८ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा रहेका राजाराम महतोलाई केही वर्षअघि मात्रै बहालबाला मेयर हरिनारायण महतोलेनै पहल गरेर एमालेमा भित्र्याएका थिए । तर, एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएका हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजारामलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेताकार्यकर्ता रुष्ट बनेका छन् ।

अहिले हरिनारायण पक्षधरहरु आकस्मिक बैठक डाकेर छलफलमा जुटेका छन् । नेताकार्यकर्ता, समर्थक तथा शुभेच्छुकरुको मनोभावअनुसार सबै वडामा उम्मेदवारी दिँदै स्वतन्त्रबाट चुनाव लड्ने तयारी गरिने हरिनारायण निकट एक नेताले जानकारी दिए ।

यसअघि मिथिला नगरपालिका एमालेको नगर कमिटी बैठकले सर्वसहमति रुपमा पुनः हरिनारायण महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.