घोराहीको मेयरमा माओवादी केन्द्रका हेमराज र उपमेयरमा कांग्रेसका भुपबहादुरको मनोनयन दर्ता

घोराहीको मेयरमा माओवादी केन्द्रका हेमराज र उपमेयरमा कांग्रेसका भुपबहादुरको मनोनयन दर्ता

दाङ : दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धन दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।  घोराही उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका हेमराज शर्मा 'डायमण्ड' ले र उपमेयरमा नेपाली काङ्ग्रेसका भुपबहादुर डाँगीले मनोनयन दर्ता गराएका हुन् । 

मनोनयन दर्ताको अन्तिम दिन सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शर्माले मेयरमा र नेपाली कांग्रेसका भुपबहादुर डाँगीले उपप्रमुखमा उम्मेदवारी दिएका छ्न् ।सत्ता गठबन्धनतर्फका उम्मेदवारहरुले घोराहीमा तामझाम, बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयामा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी पछि उम्मेदवारले घोराहीलाई स्वच्छ, सुन्दर र समृद्ध नगरको रुपमा विकास गरिने प्रतिक्रिया दिए । उनले जनताका आवश्यकताको विषय आफ्नो मुख्य एजेन्डा भएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.