जनकपुरधामको मेयरमा स्वतन्त्रबाट मनोज, बलराम र बैद्यनाथको उम्मेदवारी

जनकपुरधामको मेयरमा स्वतन्त्रबाट मनोज, बलराम र बैद्यनाथको उम्मेदवारी

जनकपुरधाम : आसन्न स्थनीय तहको निर्वाचनका लागि दोश्रो दिन जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट बलराम महतो, मनोज साह र बैद्यनाथ साहले उम्मेदवारी दर्ता गराएका छन्। आफूले जनकपुरधामको दुर्दशा देखेर नगर प्रमुखमा उम्मेदवारी दिएको महतोको भनाई छ।

महतोले समग्र जनकपुरधामको विकासको लागि र विशेषत, ढल निकास, फोहर व्यवस्थापन र जनकपुरमा भएका कामलाई व्यवस्थित गर्ने आफ्नो उम्मेदवारी दिएको सञ्चारकर्मीलाई बताए। उनले भने ‘जनकपुरधामको नि:स्वार्थ भावले विकास गर्नकै लागि निर्माण व्यवसाय छोडेर नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएको छु।’

त्यस्तै सत्ता गठबन्धनबाट उपमहानगरको प्रमुख जनता समाजवादी पार्टीको भागमा परेपछि नेपाली कांग्रेसबाट राजीनामा दिएका मनोजकुमार साहले पनि उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस जनकपुरधाममा मजबुत हुँदाहुँदै जसपालाई सीट दिएर कांग्रेसलाई समाप्त पार्ने खेल भएको उनको ठडम्याईलाई चिर्दै मेयरमा आफ्नो उम्मेदवारी दर्ता गराएको बताए। उनले भने ‘आफूले नेपाली कांग्रेसलाई बचाउनकै लागि स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएको छु।’

संचारउद्यमी वैद्यनाथ साहलेसमेत नगर प्रमुखमा स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका छन्। जनकपुरधाममा सरसफाइ अभियान, असहाय संरक्षण मञ्चको माध्यमले गरिब असहायलाई सहयोग गरेर चर्चा कमाएका साहले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.