जनकपुरधामको मेयर र उपमेयरमा लोसपाबाट मनोनयन दर्ता

जनकपुरधामको मेयर र उपमेयरमा लोसपाबाट मनोनयन दर्ता

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मनोज कुमार चौधरी र उपमेयरमा रिता कुमारी मिश्रले उम्मेदवारी दर्ता गराएका छन्। मेयरका उम्मेदवार चौधरी व्यवसायी हुन भने उपमेयर निवर्तमान उपमेयर हुन्।

जनकपुरधामका उपमेयर रहेकी मिश्रलाई पुनः उपमेयरको लागि दोहोर्याईएको हो। मेयरका अर्का आकांक्षी जानकीराम साहले पार्टी परित्याग गरेपछि चौधरी स्वतः सर्वसम्मत सिफारिस भएका थिए। उम्मेदवारी दर्ताको क्रममा संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दै मेयरका उम्मेदवार चौधरीले जनकपुरधामको चौतर्फी विकास गर्न आफूले उम्मेदवारी दिएको बताए।

जनकपुरधामबासीले आफूमाथी विश्वास गरेर मत दिने उनको विश्वास छ। उनले शिक्षा, स्वास्थ्य र रोजगारी आफ्नो पहिलो प्राथमिकता रह्ने बताएका हुन्।

त्यस्तै, उपमेयरका उम्मेदवार मिश्रले आफ्नो पहिलो कार्यकालमा बाकी रहेका अधुरा कामहरू पूरा गर्न पुनः दोस्रोपटक उम्मेदवारी दिएको बताइन्। मिश्रले पहिलो कार्यकालमा नगरप्रमुखले आफूलाई काम गर्न नदिएको आरोपसमेत लगाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.