काठमाडौंमा केशव स्थापित कि सिर्जना सिंह?

काठमाडौंमा केशव स्थापित कि सिर्जना सिंह?

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन अब १८ दिन बाँकी छ। चुनाव नजिकिँदै जाँदा दलहरु चुनावी मैदानमा होमिएका छन्। काठमाडौं महानगरमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा सोमबार काठमाडौं महानगरका उम्मेदवारहरु मनोनयन दर्ता गर्न दलबल र बाजागाजासहित पुगेका थिए।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेतृ सिर्जना सिंहले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् भने उपमेयरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट रामेश्वर श्रेष्ठले उम्मेदवार दर्ता गरेका छन्। त्यस्तै प्रतिपक्षी दल एमालेको तर्फबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएकी छन्।

उम्मेदवारी दर्ता गर्न एमाले बाजागाजासहित भृकुटी मण्डप पुगेको थियो। उम्मेदवारी दिने क्रममा मेयरका उम्मेदवार स्थापितले आफ्नो जित सुनिश्चित भइसकेको बताए। उनले भने, ‘म चुनाव जित्नेमा ढुक्क छु। ०५४ सालमै ८४ हजार ६ सय भोट ल्याएको मान्छे हुँ, म प्रमाणित मान्छे पनि हुँ। योपटक दोब्बर मतले विजयी हुन्छु।’

उनले आफूले पार्टीले जारी गरेको घोषणापत्र अनुसार काम गरेर देखाउने बताए। स्थापितले भने, ‘मैले पार्टीले तयार पारेको काठमाडौं महानगरको घोषणापत्र कार्यान्वयन गर्छु। गठबन्धनको कुनै तुक छैन। मेरो जित सुनिश्चित भइसक्यो।’

सो क्रममा पत्रकारहरुले तपाईँलाई त यौन दुर्व्यवहारको आरोप लागेको छ नि? भन्ने प्रश्न गरेका थिए। जवाफमा स्थापितले भने, दुर्व्यवहारको आरोपले मलाई कुनै फरक पर्दैन। आजकल पागलहरुको लागि औषधि खान केही पैसा लाग्दैन। म जतिको व्यक्तित्व उपर इस्यु उठेन भने केशव स्थापित नै भएन। विवादमा नआउने नि केशव स्थापित हुन्छ।’

उनले आफूले टिकट पाउँदा विद्यासुन्दर शाक्य खुसी रहेको दाबी गरे। स्थापितले भने, ‘बाटोबाटोमा योजना भन्ने होइन। वार्डवार्डमा आएपछि थाह हुन्छ।’

त्यस्तै उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफूले काठमाडौं महानगरलाई सांस्कृतिक नगरको रुपमा विकास गर्ने योजना सुनाइन्। उन भनिन्, ‘पार्टीभन्दा एजेण्डा ठूलो कुरा हो। मैले आफूले उठाएका एजेण्डा कार्यान्वयनमा ल्याउँछु।’

उनले पदका लागि लोभ नगरेको स्पष्ट पारिन्। 'पदभन्दा ठूलो उद्देश्य हुनुपर्छ। उहाँ(केशव स्थापित) जस्तो अनुभवीसँग संगत गर्न पाउनु हामीसँगै काठमाडौंबासीका लागि उदाहरण हुनेछ।’

 उनले चुनावमा जित्ने दार स्वदेशमा केही गर्छौ भनिरहेका युवाहरुको प्रतिनिधित्व गर्ने दाबी गरिन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिने क्रममा मेयर पदका उम्मेदवार सिर्जना सिंह, उनका श्रीमान कांग्रेसका नेता  प्रकाशमान सिंह, महामन्त्री गगन थापा, काठमाडौं महानगरका उपमेयर हरिप्रभा खड्गी पनि सँगसँगै थिए।

उम्मेदवारी दिने क्रममा कांग्रेस नेतृ सिर्जना सिंहले आफूले चुनाव जित्ने बताइन्। सिंहले आफू निर्वाचित भए जनताको मन छुनेगरी काम गर्ने बताइन्। उनले भनिन्, ‘गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको हुँ। महिलाहरूको हकहितको लागि विशेष काम गर्छु। बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउँछु।’

काठमाडौंलाई सफा, सुन्दर र सुरक्षित सहर बनाउने प्रतिबद्धता व्यक्त गरिन्। ‘एउटी महिलाले घर सफा गरेजस्तै काठमाडौंलाई स्वच्छ, सफा र सुरक्षित सहर बनाउन काम गर्ने बताइन्। म काठमाडौंको हावा, पानी, माटो र संस्कृतिसँग भिजेको महिला हुँ। मेरो सम्पूर्ण ध्यान यो सहरलाई सफा र सुरक्षित सहर बनाउनेमा केन्द्रीत हुनेछ,’ उनले भनिन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.