अघिल्लो चुनावमा एक भोटले हारेका वालुङ निर्विरोध

अघिल्लो चुनावमा एक भोटले हारेका वालुङ निर्विरोध

ताप्लेजुङ : चीनसँगको सिमाना जोडिएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोलामा सर्वसम्मतरुपमा उम्मेदवारी दिएका छन्। वडाअध्यक्ष र चार जना सदस्यका उम्मेदवारले मात्र सोमबार गाउँपालिका केन्द्र तापेथोकमा आएर उम्मेदवारी दर्ता गराएका हुन्। गाउँको भेलाबाट छेतेन वालुङ अध्यक्षको उम्मेदवार बने भने टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विकलाई वडा समितिको उम्मेदवारमा चयन गरेको छ। 

सदस्यमा मनोनयन दर्ता गराएका टाँसीका अनुसार वडाबाट निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन जम्मा सात जना मात्रै आएका छन्। उम्मेदवार पाँच जना र दुई जना प्रस्तावक र समर्थक मात्रै आएको टासीले बताए। निर्वाचन अधिकृत राजकुमार दाहालले अहिलेसम्म स्वतन्त्ररुपमा आएका उम्मेदवारबाहेक कसैले उम्मेदवारी दर्ता गराएका छैनन्। यद्यपी अहिले नै घोषणा गर्न नमिल्ने निर्वाचन अधिकृत दाहालले बताए। 

२०७४ को स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका छेतेन शेर्पा भोटेले १ मतले वडाअध्यक्ष जितेका थिए। पराजित भएका एमालेका छेतेन वालुङलाई गाउँलेले यसपल्ट निर्विरोध उम्मेदवार बनाएका हुन्। पूर्ववडाअध्यक्ष भोटेका अनुसार गोला र याङ्मा बस्तीका बासिन्दाबीच छलफल गरेर स्वतन्त्र उम्मेदवारकोरुपमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो।

दुई वटा बस्ती रहेको यस वडामा ३ सय ३६ मतदाता रहेका छन्। गोलाको बस्तीमा २ सय ७६ र याङमामा ६० जना मतदाता छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.