माओवादीबाट शहिदनगरमा निवर्तमान मेयर बरबरिया र मण्डलको मनोनयन

माओवादीबाट शहिदनगरमा निवर्तमान मेयर बरबरिया र मण्डलको मनोनयन

जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाको मेयरमा निवर्तमान मेयर उदय कुमार बरबरिया यादव र उपमेयरमा रेखा कुमारी मण्डलले मनोनयनपत्र दर्ता गराएको छ। नेकपा माओवादी केन्द्र नगर कमिटीको सिफारिसमा बरबरिया र मण्डललाई टिकट दिएर सोमबार मनोनयन पत्र दर्ता गराएका हुन्।

देशभरी कान्छो मेयरको काम र नामबाट चर्चा कमाएर बरबरियाको नाम नेकपा माओवादीको नगर कमिटीबाट एकल सिफारिस गरिएको थियो। मनोनयनपत्र दर्ता गराउने क्रममा सञ्चारकर्मीको प्रश्नमा बरबरियाले बाँकी रहेको अधुरो कामहरुलाई टुङ्गयाउन र परिकल्पना गरिएको शहिदनगरको समग्र विकासका लागि उम्मेदवारी दिएको बताए। मनोनयन दर्ता गराउने क्रममा बरबरियाले भने, ‘यो बिभिन्न कालखण्डमा देश परिवर्तनका लागि भएको शहिदहरुको भूमि हो, त्यही भएर लोकतान्त्रिक आन्दोलन, जनयुद्धकालिन आन्दोलन र अन्य आन्दोलनको मर्म अनुसार बिकासको फुटेको मुललाई थप सुदृढिकरणका लागि दोश्रो कार्याकालको लागि मनोनयन दर्ता गराएको हुँ।’

निवर्तमान मेयर बरबरिया यसअघि २४ वर्षको उमेरमा पहिलो पटक मेयरमा निर्वाचित भएका थिए। उनी उमेरको हिसावले देशकै कान्छो मेयर भनेर समिति देशभरी परिचित छन्। साथै शहिदनगर नगरपालिकाका गरेको कामको आधारमा पुनः मेयर पदमा उनलाई दोहोर्याउन पार्टीको आग्रहरु अनुसार आज मनोनयन दर्ता गराएको माओवादी केन्द्रका प्रदेश सचिव श्रवण बरबरिया यादव ‘जीवन’ ले बताए।

माओवादी जनयुद्धकाल देखि नै क्रान्तिकारी स्वभावका बरबरियाले भने, ‘क्रान्तिबाट धेर्र परिवर्तन गरियो अब देश विकासमा क्रान्तिको आवश्यकता छ। आर्थिक क्रान्ति र विकास क्रान्ति आजको अपरिहार्यता हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.