अछामका दुई पालिकाको प्रमुखमा महिलाको उम्मेदवारी
अछाम : स्थानीय तहको निर्वाचन-२०७९ मा अछाममा दुई दलले महिलालाई पालिकाको प्रमुखको उम्मेदवार बनाएको छ। दुई पालिकामा दुई महिला उम्मेदवारले मंगलवार उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट पञ्चदेवल विनायक नगरपालिकामा अम्बिका चलाउनेले उम्मेदवारी दर्ता गराएकी छन् भने नेकपा एमालेबाट साँफेबगर नगरपालिकाको प्रमुखमा पशुपति कुँवरले दर्ता गराएकी छन्।
चलाउने पञ्चदेवल विनायक नगरपालिकामा हालः उपप्रमुख र नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सहमहामन्त्री हुन्। कुँवर नेकपा (एमाले) जिल्ला सदस्यमा क्रियाशील छन्। उम्मेदवारी दर्ताका क्रममा साँफेबगर नगरपालिका नगर प्रमुखका उम्मेदवार पशुपति कुँवरले अन्याय, असमानता र विभेद् रहित नगर निमार्णका लागि र महिला, बाल मैत्री र वातावरण मैत्री नगर बनाउनका लागी आफ्नो उम्मेदवारी रहेको उनले बताइन्।
उनले भनिन्, ‘सबै भन्दा पहिला त हिँसा रहित घर र समाज निमार्णमा लाग्नेछु, अन्याय अत्याचारका विरुद्धमा मेरो अभियान हुनेछ ,त्यसपछि नगरलाई वातावरणमैत्री नगर बनाउन बिभिन्न खाले कार्यक्रम योजनाहरु समेट्ने छु।’ पञ्चदेवल नगरपालिकाका प्रमुखका उम्मेदवार अम्बिका चलाउनेले नगरको समग्र बिकास, बिषेश गरी पिछडिएका बर्ग महिलाहरुको उत्थानका लागी आफ्नो उम्मेदवारी रहेको बताइन्।
स्थानीयतहको निर्वाचनमा प्रमुख वा उपप्रमुख कुनै एउटा पद अनिवार्य भनेपछि गठबन्धनका कारण कतिपय स्थानीय तहमा महिलालाई उम्मेदवार बनाएका छैनन्। साँफेबगर र मंगलसेन नगरपालिका र रामारोशन गाउँपालिमा गठबन्धन दल नेपाली कांग्रेस र समाजवादीले दुबै पदमा पुरुषलाई उम्मेदवार बनाएको छ।
मंगलसेनमा कांग्रेसका प्रमुखमा नमबहादुर शाही र समाजवादी उपप्रमुख बम बहादुर रावल,साँफेबगरमा प्रमुखमा कांग्रेसका राजेन्द्र कुँवर,समाजबादी उपप्रमुखमा शिबबहादुर कुँवर(शिलोज)लाई उम्मेदवार बनाएको छ।
त्यसैगरी रामारोशन गाउँपालिकामा प्रमुखमा कांग्रेसका मानबहादुर साउद,उपाध्यक्षमा समाजबादीका तारा खनाललाई उम्मेदवार बनाएको हो। यसैगरी चौरपाटी गाउँपिालिमा समाजबादी र माओवादी बिच भएको गठबन्धनमा पनि दुबै पदमा पुरुष उम्मृदवार बनेका छन्। अध्यक्षमा समाजबादीका हर्क साउद,उपाध्यक्ष माओवादीका जिवन बिक्रम साउदलाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा गठबन्धनका कारण दुई पालिकामा दुबै पदमा पुरुष उम्मेदवार निर्वाचित भएका थिए। भने यो पटकको निर्वाचनमा गठबन्धनका कारण चार पालिकामा महिलाका पद गुमेको छ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले अनुराधा स्वाँरलाई पालिका प्रमुखको उम्मेदवार बनाएको थियो । उनी माओवादीका उम्मेदवार झंकर साउदसंग पराजित भएकी थिइन्।
साँफेबगरमा गठबन्धनका दुई दलद्वारा उम्मेदवारी दर्ता
साँफेबगर नगरपालिकामा गठबन्धनका दुई दलले उम्मेदवारी दर्ता गराएका छन्। साँफेबगरमा नेकपा माओवादी र नेकपा एमाले बिच गठबन्धन भएको छ। भने काँग्रेस र समाजबादीका बिचमा गठबन्धन भएको हो। नेकपा एमाले र माओवादीका गठबन्धनका तर्फबाट एमालेका पशुपति कुँवर र उपप्रमुखमा माओवादीका रंग ठकुल्लाले उम्मेदवारी दर्ता गराएका हुन्। वडा अध्यक्ष सदस्यहरुले पनि उम्मेदावरी दर्ता गराएका छन्। त्यसैगरी नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका तर्फबाट साझा उम्मेदवार कांग्रेसका राजेन्द्र कँुवर,समाजबादीका उपप्रमुखमा शिबबहादुर कुँवर (शिलोज)ले उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ताका क्रममा नगर प्रमुखका उम्मेदवार पशुपति कुँवरले अन्याय, असमानता र विभेद रहित नगर निमार्णका लागि र महिला बालबालिका मैत्री र वातावरण मैत्री नगर बनाउनका लागी आफ्नो उम्मेदवारी रहेको उनले बताइन्।
त्यसैगरी अर्को उम्मेदवार राजेन्द्र कुँवरले समद्ध र सुन्दर नगर बनाउन र सिहदरवारको अधिकार प्रत्येक नागरिकलाई महसुस गराउन आफ्नो उम्मेदवारी रहेको बताए। अहिले पनि उम्मेदवारी दर्ता गर्ने क्रम चलिरहेको निर्वाचन कार्यालयका सुचना अधिकारी पुष्प बुढाले बताए। अहिलेसम्म ९२ जनाले उम्मेदवारी दर्ता गराएको बुढाले जानकारी दिए। उम्मेदवारहरु मनोनयन फारम धेरै बिगार्ने गरेको र भर्न धेरै समय लगाउने गरेकाले समय लम्बीएको उनले बताए।