धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, तीन युवकको मृत्यु

धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, तीन युवकको मृत्यु

ढल्केवर(धनुषा) : धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन युवकको मृत्यु भएको छ। मंगलबार बिहान साढे २ बजेको समयमा क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा दुर्घटना भएको हो।

भित्री सडक छेउमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार तीन युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवाल रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। अन्य दुई युवकको सनाखत हुन नसकेको उनले बताए। उनीहरुको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखेर पहिचान खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जनाए।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक हरिनारायण राउतलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.