स्थानीय तह निर्वाचन :रौतहटमा ४ हजार बढीले गराए उम्मेदवारी दर्ता
रौतहट : वैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनका लागि रौतहटका १८ वटा स्थानीय तहमा दल र स्वतन्त्र गरी चार हजार ८ सय ६८ जनाले उम्मेदवारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा मेयरदेखि वडा सदस्यसम्ममा ४ हजार ८ सय ६८ जनाको उम्मेदवारी परेको हो।
चन्द्रपुर नगरपालिकामा ३ सय १३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा बढी माधवनारायण नगरपालिकामा ३ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने मौलापुर नगरपालिकामा ९२ जनाको मनोनयन दर्ता भएको छ । यस्तै, गौरमा ३ सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
गरुडा नपामा २ सय २९ जना ,ईशनाथ नगरपालिकामा २सय ७७, कटहरीयामा २ सय ४५, गढीमाईमा ३ सय ९, गुजरामा ३सय ४, देवाही गोनाहीमा २सय ४, परोहामा २ सय ७३, फतुवा विजयपुरमा ३सय ४३, बौधिमाईमा ३ सय ११, राजदेवीमा २सय ५४, राजपुरमा २सय ८३, वृन्दावनमा ३सय ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी रौतहटका गाउँपालिकाहरु दुर्गा भगवतीमा एक सय ९६ र यमुनामाईमा २सय ४३ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् ।