मिथिलाको मेयर बन्न दुई दर्जन उम्मेदवार चुनावी मैदानमा

मिथिलाको मेयर बन्न दुई दर्जन उम्मेदवार चुनावी मैदानमा

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाको मेयर पदका लागि दुई दर्जन नेताले मनोनयन दर्ता गराएका छन्। आगामी बैशाख ३० गते आसन्न स्थानीय तहको चुनावमा मेयर पदमा २४ जनाले मनोनयन दर्ता गराएको मिथिला नगरपालिका ढल्केवरस्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेकपा एमालेबाट राजाराम महतो, नेपाली कांग्रेसकोतर्फबाट महेन्द्र महतो, नेकपा माओवादी केन्द्रबाट राम कुमार महतो, नेकपा एकीकृत समाजवादीको तर्फबाट सूर्यप्रसाद पुडासैनीले मेयर पदमा मनोनयनपत्र दर्ता गराएको निर्वाचन अधिकृत दिप धितालले जानकारी दिए। 

यस्तै जनता समाजवादी पार्टीबाट चन्देश्वर महतो, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट राजकुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक कुमार कार्की, जनमत पार्टीबाट सरोज कुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजकुमार महतो र संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट विनोद कुमार महतोले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत धितालले जनाए।

मेयरमा १४ जना स्वतन्त्र उम्मेदवार

मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोसहित १४ जनाले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो चुनावमा एमालेबाट मेयर बनेका हरिनारायणले यसपटक पार्टीले टिकट खोसेपछि पुनः मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका हुन्।

नेकपा एमालेको मिथिला नगरपालिका कमिटीले मेयरका लागि निवर्तमान मेयर हरिनारायण महतोलाई एकल सिफारिस गरेपछि चुनावी प्रचार प्रसारमा जुटिरहेको बेला अन्तिम समयमा उनलाई बाइपास गरेर पार्टी राजाराम महतोलाई मेयरको उम्मेदवार बनाएपछि हरिनारायण एमालेका बागी उम्मेदवार बनेका छन्।

मेयर पदमै स्वतन्त्रतर्फबाट विपुल कुमार महतो, मनोज कुमार महतो, जयलाल पाख्रिन तामाङ, राम औतार चौधरी, राम सेवक दास, कोशिल्या कुमारी महतो, नन्दलाल महतो कोइरी, दान विक्रम थापा, श्याम सुन्दर सिंह, रामसागर महतो, हुकुमदेव महतो, काढी महतो र जिवछ धुनियाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपमेयरमा १४ जनाले दिए उम्मेदवार

मिथिला नगरपालिकाको उपमेयरका लागि १४ जनाले मनोनयन दर्ता गराएको छ। उपमेयर पदमा नेकपा एमालेको तर्फबाट सुनिता सिंह बुढाथोकी, नेपाली कांग्रेसबाट निर्मला कोइराला, नेकपा माओवादी केन्द्रबाट बिमला अधिकारी, नेकपा एसबाट कविता कुमारी सिन्हा, जसपाबाट मनुमाया मोक्तानले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै जनमत पार्टीबाट रन्जु कुमारी सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बबिता कुमारी सुवेदी, नेपाल सद्भावना पार्टीबाट सुनिता देवी महतो, नेपाल लोकतान्त्रिक पार्टीबाट उर्मिला देवीले उपमेयर पदमा मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकृत धितालले जानकारी दिए।

उपमेयर पदमै स्वतन्त्रबाट कल्पना कुमारी पोखरेल, टिका बहादुर भण्डारी क्षेत्री, माधव प्रसाद दाहाल, डिल्ली बहादुर घिमिरे क्षेत्री र डोमिनी चमनेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत धितालले जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.