झिमरुक अध्यक्षमा राजमोका जिसी बागी उमेदवार

झिमरुक अध्यक्षमा राजमोका जिसी बागी उमेदवार

झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिकामा राष्ट्रिय जनेमोर्चा(राजमो)का शुवास जिसीले बागी उम्मेदवारी दिएका छन्। झिमरुकमा राजमो र नेपाली कांग्रेसको गठबन्धन भएको छ। गठबन्धनबाट गाउँपालिका अध्यक्षमा राजमोका नेता एवं झिमरुक गाउँपालिका वडा नम्वर ५ का निवर्तमान वडा अध्यक्ष टिका जिसीलाई पार्टीले आधिकारिक उमेदवार बनाएको छ।

निर्वाचन अधिकृतको कार्यालय झिमरुक गाउँपालिकाले दुई जना स्वतन्त्रसहित गाउँपालिका अध्यक्षमा सात जनाको नामावली मंगलबार प्रकाशन गरेको छ।

पार्टीले टिकट नदिएपछि बागी उमेदवार बनेका जिसी राजमोको विद्यार्थी संगठन अखिल छैठौँका केन्द्रीय महासचिव समेत हुन्। ३१ वर्षिय जिसी झिमरुक ३ निवासी हुन्। उम्मेदवारी किन ? भन्ने विषयमा बुझ्न खोज्दा उनले प्रतिक्रिया दिन मानेनन्। ‘भो अहिले नलेखम’,उनले भने,‘माहोल बिग्रन सक्छ।’

तर उनै जिसी दुई दलिय गठबन्धनको चुनावी प्रचार प्रसार समितिको संयोजक बनेका छन्। उनको दोहोरो भूमिकाले नेता, कार्यकर्ताहरु अन्यौलमा परेका छन्। नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुले दुईपार्टी मिलेर जाँदासमेत राजमोकै जिम्मेवार व्यक्तिहरुबाट बागी उमेदवारी पर्नुले विश्वासमा शंका उब्जाएको प्रतिक्रिया दिए। नेपाली कांग्रेसबाट पनि झिमरुक ४ बांगेमरोठका ६९ वर्षिय डेगेन्द्र विक्रम सिँहले बागी उमेदवारी दिएका छन्।
  
सत्ता गठबन्धनका तीन दलमध्ये नेकपा माओवादीले एकल उम्मेदवारी दर्ता गराएको छ। पटकपटक सम्झौता गर्दै ताड्दै गरेका सत्ता गठबन्धनका तीन दलमध्ये राजमो र कांग्रेसले अन्तिम विन्दुमा मिलेर जाने सहमती गरेका हुन्।

अध्यक्षमा गठबन्धनबाट राजमोका टिका जिसी र उपाध्यक्ष कांग्रेसका प्रमोद पोख्रेल उम्मेदवार बनेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.