गठबन्धनविरुद्ध नलाग्न नेता तथा कार्यकर्तालाई निर्देशन

गठबन्धनविरुद्ध नलाग्न नेता तथा कार्यकर्तालाई निर्देशन

सिन्धुली : सिन्धुलीमा गठबन्धन दलका जिल्ला नेताले नेता कार्यकर्तालाई एकतावद्ध भएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले गठबन्धनको मर्म र पार्टीको निर्देशनअनुसार आफ्ना उमेदवारलाई विजयी गराउन लाग्न निर्देशन दिएका हुन् ।

जिल्लाको सूनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकाका नेता ,कार्यकर्ता र उमेदवारहरुलाई गठबन्धनका विरुद्ध नलाग्न निर्देशन दिइएको हो ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजन दाहालले यो गठबन्धन प्रतिगनकाविरुद्ध उत्कर्ष नै भएको दावी गर्दै गठबन्धनका उमेदवारविरुद्ध लाग्न कसैलाई पनि छुट नभएको बताए । 

'राष्ट्रिय परिवर्तनका लागि भएको क्रान्ति, अग्रगमन, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन भएको हो । हामीमा राजनीतिक मुद्दा र एजेण्डा मिलेका कारण  सहकार्य भएर चुनामा आएका छौं। हाम्रा कुनै पनि उमेदवारले हारे देशले हार्छ, अग्रगमन पक्षघरको हार हुन्छ,' उनले भने । 

जहानीया राणा शासनविरुद्ध नेतृत्व गर्ने नेपाली कांग्रेस र निरंकुश राजतन्त्रको विरुद्धको आन्दोलनको नेतृत्व गर्ने मओवादी केन्द्रका ऐतिहासिक विरात भएको भन्दै त्यसलाई जनताका बीचमा लैजान र गठबन्धनका उमेदवारलाई विजयी गराउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्न दाहालले आग्रह गरे । 

नेपाली कांग्रेसका जिल्ला नेता तथा पूर्व महासमिति सदस्य नरेन्द्रजंग थापाले गठबन्धनमा कांग्रेस माओवादी केन्द्रबीच भोट साटासाट गर्दै दुबै दलका संयुक्त उमेदवारलाई विजयी गराउन सबै नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, 'हामी पार्टीका असल नेता कार्यकर्ता हौं । हामीले पार्टीको निर्देशनलाई मान्नुपर्छ कसैले गठबन्धविरुद्ध बोल्ने र गठबन्धनलाई हराउन कुनै पनि गतिविधि गर्ने छुट छैन ख्याल राख्नु होला ।'

दुबै पार्टीका नेता कार्यकर्ता र उमेदवारहरुमा व्यक्तिगत स्वभावलाई सच्चाउनुपर्ने र जनताका बीचमा आफ्ना एजेण्डा लिएर जान समेत थापाले आग्रह गरे । उनले गठबन्धनका विरुद्धमा लाग्ने जो कोही नेता कार्यकर्तालाई पार्टीले तत्काल कारबाही गर्ने चेतावनी समेत दिए । 

नेपाली कांग्रेस गोलन्जोरका नेता तथा पालिका अध्यक्षका उमेदवार पुष्प कार्कीले गठबन्धनका उमेदवारहरुलाई एकतावद्ध भएर भोट हाल्ने आग्रह गरे । उनले भने, 'गठबन्धनभित्र असहमति छ भन्ने हाल्ला बाहिर आएको छ । यसमा कुनै शंका गर्नु पर्दैन । हाम्रा एकजना सदस्य पनि चुनावमा हार्दैनन् । तपाईंहरु विगतलाई बिर्सेर वर्तमानमा देश जिताउन लाग्नुहोस् , हामी उसै जित्छौं ।'

जिल्लामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । दुई नगरपालिकासहित नौं वटा स्थानीय तह भएको सिन्धुलीमा एक नगरपालिकासहित पाँचवटा स्थानीय पालिकाको नेतृत्व नेपाली कांग्रेस र एक नगरपालिका सहित चारवट स्थानीय पालिकाको नेतृत्व नेकपा माओवादीले पाएका छन् ।

 कतिपय पालिकाका वडाहरुमा भने गठबन्धनबीच सहमति हुन सकेको छैन् । त्यस्ता वडाहरु समेत शुक्रबारसम्ममा मिलाउन पहल भइरहेको जनाइएको छ । उता नेकपा एमालेले भने जिल्लामा सबै पालिकाका वडासम्मै एक्लै उमेदवारी दर्ता गराएको छ ।

 साना राजनीतिक दल र स्वतन्त्र उमेदवारहरु समेत चुनावी प्रचार प्रसारमा निस्केका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.