भोजपुरको हतुवागढीमा दुई जना महिला वडासदस्यमा निर्विरोध

भोजपुरको हतुवागढीमा दुई जना महिला वडासदस्यमा निर्विरोध

भोजपुर : आसन्न स्थानीय तहको निर्वाचन मितिअघि नै केही वडा तहमा उम्मेदवारहरु निर्विरोध चयन भएका छन्। जसमा नेकपा एमालेबाट २ र नेकपा माओवादी केन्द्रबाट १ जना वडा सदस्य निर्विरोध चयन भएका हुन्। 

हतुवागढी गाउँपालिका ३, सिन्द्राङ्गको दलित महिला सदस्यमा नेकपा एमालेकी लक्ष्मी विश्वकर्मा, आमचोक गाउँपालिका ७, देवानटारको दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी रत्ना परियार र रामप्रसाद राई गाउँपालिका ८, खोक्सिकको दलित महिला सदस्यमा नेकपा एमालेकी तिर्थ देवी कामी निर्वाचित भएका हुन्।

उक्त वडाहरुमा अन्य उम्मेदवारको मनोनयन दर्ता नभएपछि निर्विरोध चयन भएका हुन्। जनजातिको बाहूल्यता रहेको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाका वडातहमा दलित समुदायबाट उम्मेदवारी नआएपछि उनीहरु सर्वसम्मत भएका हुन्।

पूर्व मुख्यमन्त्रीसमेत रहेका शेरधन राईको अगुवाईमा नेपाली कांग्रेसबीच तालमेल रहेको उक्त आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाएको छ। सत्ता गठबन्धनबीच एमालेसँग चुनावी तालमेल नगर्ने लिखित सहमति विपरित कांग्रेसले गाउँपालिकामा तालमेल गरेको माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षका उम्मेदवारी दिएका अशोक राईले बताए।

एमालेको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका आफ्ना कार्यकताहरुलाई माओवादी केन्द्रले कारबाही पनि गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.