दाङमा २ सय ६ जना स्वतन्त्र उम्मेदवार

दाङमा २ सय ६ जना स्वतन्त्र उम्मेदवार

दाङ : स्थानीय तहको निर्वाचनका लागि दाङमा २ सय ६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। दाङबाट २ सय ६ जनाको स्वतन्त्रबाट उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।

पालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य लागि २०६ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। स्वतन्त्रबाट उम्मेदवारी दिनेमा कतिपय राजनीतिक दलबाट टिकट नपाएर बाँगी उम्मेदवारको रुपमा पनि रहेका छन् भने कतिपय कुनै दलमा आवद्ध नभएकाले पनि उम्मेदवारी दिएका छन्। प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाका दश पालिकामध्ये ९ पालिकाबाट प्रमुख पदका लागि १६ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

घोराहीमा मेयरका लागि उम्मेदवारी दिएका १५ जनामध्ये ३ जना स्वतन्त्रबाट रहेका छन्। घोराहीको प्रमुखमा स्वतन्त्ररुपमा उम्मेदवारी दिनेमा चुडामणी सुवेदी, लिलाबहादुर पुन र श्रीमनकुमार शर्मा न्यौपाने रहेका छन्।

यस्तै तुलसीपुरको प्रमुखका लागि उम्मेदवारी दिएका १२ जनामध्ये एक जना मात्रै स्वतन्त्र उम्मेदवार रहेका छन्। तुलसीपुरमा धर्मराज जैसीले प्रमुखका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ।

गढवाको अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेकामा स्वतन्त्रबाट दुई जनाले दिएका छन्। गढवाको अध्यक्षका लागि गिरीराज बिसी र गणेशकुमार कुमालले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। दंगिशरण गाउँपालिकाको अध्यक्षका लागि १० जनाले उम्मेदवारी दिएकोमा ४ जना स्वतन्त्रबाट रहेका छन्। कृष्णबहादुर चौधरी, कर्णबहादुर खत्री, घनश्याम शाह र आशा केसीले स्वतन्त्रबाट अध्यक्षका लागि उम्मेदवारी दिएका छन्। बंगलाचुलीमा अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ तर पालिका अध्यक्षका लागि उम्मेदवारी दिने सबै राजनैतिक दलबाट रहेका छन्।

बंगलाचुलीमा अध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी परेको छैन। यस्तै बबई गाउँपालिको अध्यक्षका लागि स्वतन्त्रबाट एक जनाको उम्मेदवारी परेको छ। अध्यक्षका लागि सात जनाको उम्मेदवारी परेकोमा एक जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएको बबईका निर्वाचन अधिकृत दिनेश अधिकारीले जानकारी दिए। उनका अनुसार स्वतन्त्रबाट उम्मेदवारी दिनेमा भक्तबहादुर डाँगी रहेका छन्।

यस्तै राजपुर गाउँपालिकामा पनि अध्यक्षका लागि एक जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। राजपुर गाउँपालिकाको अध्यक्षका लागि सर्जुप्रसाद यादवले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। अध्यक्षका लागि अन्य उम्मेदवारी दिने ६ जना राजनैतिक दलका रहेका छन्। यस्तै राप्ती गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दिने ८ जनामध्ये २ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। रमेश चौधरी र बुद्धिप्रकास चौधरीले राप्ती गाउँपालिकाको अध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। 

लमही नगरपालिकामा स्वतन्त्रबाट उम्मेदवारी दिने एक जना रहेका छन्। डिल्लीराज खनालले स्वतन्त्रबाट लमही नगरको प्रमुखका लागि उम्मेदवारी दिएका हुन्। शान्तिनगरमा धनबिर केसीले स्वतन्त्रबाट अध्यक्षका लागि उम्मेदवारी दिएको निर्वाचन अधिकृत शालिकराम ढकालले जानकारी दिए। शान्तिनगरमा ६ जनाले राजनैतिक पाटीबाट उम्मेदवारी दिएका छन्।

यसैगरी जिल्लामा ६ जनाले उपप्रमुख/उपाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। तुलसीपुरबाट २ जना, घोराही, गढवा, राजपुर र  बबईमा १/१ जनाले उपप्रमुखका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। तुलसीपुरको उपमेयरका लागि खेमराज वली र सुशिल गन्धर्वले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। यस्तै वडा अध्यक्षका लागि उम्मेदवारी दिने ५ सय ५१ जनामध्ये ८६ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। गढवा गाउँपालिकामा ७ जनाले स्वतन्त्रबाट वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन्। यस्तै तुलसीपुरबाट २९, दंगिशरणबाट ७, बंगलाचुलीबाट १, बबईबाट ६, शान्तिनगरबाट ७, राप्तीबाट १, राजपुरबाट ५ र लमहीबाट ८ जनाले स्वतन्त्रबाट वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन्।

वडा सदस्यका लागि ९९ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। घोराहीबाट ११ जना, तुलसीपुरबाट ५२ जना, लहीबाट ४ जनाले वडा सदस्यका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। यस्तै गढवामा वडा सदस्यका लागि ११ जना, दंगिशरणमा २, बबईमा ६, राजपुरमा १२ र शान्तिनगरबाट ५ जनाले वडा सदस्यका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। राजनीतिक दलहरुले भने बागीको रुपमा रहेर स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई फकाउन समेत सुरु गरेका छन्। फिर्ताको प्रयास थालिएको दलहरुले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.