रेशमको पार्टीबाट ९ स्थानीय तहमा उम्मेदवारी
धनगढी : यसैवर्ष दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका ९ स्थानीय तहमा उमेदवारी दिएको छ। कैलालीका कुल १३ स्थानीय तहमध्ये ९ ओटामा उम्मेदवारी दिएको पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए।
टिकापुर घटनाका मुख्य दोषी भन्दै रेशमलाई आजीवन काराबासको सजाय सुनाइएको छ। २०७४ को निर्वाचनमा फरार अवस्थामै जनता समाजवार्दीबाट उम्मेदवारी दिएका थिए। त्यतिबेला ठूला दलहरू तत्कालीन नेकपा र कांग्रेसलाई ठूलो मतले पराजित गरी ठूलो मतान्तरले जितेका थिए। यसपालिको चुनावमा भाग लिन श्रीमती रंजीता श्रेष्ठ थारूको नाममा नागरिक उन्मुक्ति पार्टी नामक आफ्नै दल दर्ता गराएका छन्।
उनको पार्टीसँग मधेसवादी दल, थारूहरूका मोर्चाहरू, नेकपा एमाले र गठबन्धनले तालमेलको प्रस्ताव राखे पनि उसले एक्लै लड्ने निर्णय गरेको हो। नागरिक उन्मुक्ति पार्टीले ‘ढकिया’ चुनाव चिन्ह पाएको छ।
केही वडाबाहेक अधिकांश वडामा पनि उमेदवारी दिएको प्रवक्ता दामोदर पण्डितले बताए। लम्की चुहामा उपप्रमुखमा उमदेवारी परेका छैन भने गौरीगंगा नगरपालिकामा प्रमुख उपप्रमुखमा उमेदवारी नपरे पनि केही वडाहरूमा भने मनोनयन दर्ता गरिएको पण्डितले बताए।
उम्मेदवारहरू
कैलारी गाउँपालिका
प्रमुख : भीष्मराज चौधरी
उपप्रमुख : कविता चौधरी
भजनी नगरपालिका
प्रमुख : केवल चौधरी
उपप्रमुख : राजु तिररुवा
घोडाघोडी नगरपालिका
प्रमुख : प्रेम चौधरी
उपप्रमुख : कलावतीदेवी डगौरा
धनगढी उममहानगरपालिका
प्रमुख : नीमकुमार चौधरी
उपप्रमुख : साबित्री चौधरी
टिकापुर नगरपालिका
प्रमुख : रामलाल डगौरा थारू
उपप्रमुख : उल्कादेी विक
जानकी गाउँपालिका
प्रमुख : गणेश चौधरी
उपप्रमुख : लालमती डगौरा
बर्दगोरिया नगरपालिका
प्रमुख : भजनला चौधरी
उपप्रमुख : शारदा मल्ल
जोशीपुर नगरपालिका
प्रमुख : चित्रबहादुर चौधरी
उपप्रमुख : रेखा कठरिया
लम्की नगरपालिका
प्रमुख : महेन्द्र उपाध्याय