मेयर उम्मेदवार गोपाल हमालले भगवानलाई साक्षी राखेर भ्रष्टाचार नगर्ने कसम खाए

मेयर उम्मेदवार गोपाल हमालले भगवानलाई साक्षी राखेर भ्रष्टाचार नगर्ने कसम खाए

धनगढी : धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले नगरको सबैभन्दा ठूलो धाम बेहडा बाबा (शिवधाम)मा गएर एक पैसा पनि भ्रष्टाचार नगर्ने कसम खाएका छन्। 

बिहीबार आफूसँगै स्वतन्त्ररुपमा वडाध्यक्षमा चुनाव लडेका चार जना सारथीहरुलाई मन्दिरमा लगेर उनले आफू र आफ्नो टिमले जितेपछि एक पैसा पनि भ्रष्टाचार नगर्ने कसम खाएका हुन्। बेहडाबाबा, कैलालीका लागिमात्रै होइन, भारतको लखनउसम्मका दर्शनार्थी आउने ठूलो शिवधाम हो।

उनले आफूले आस्था गर्ने भगवानको मन्दिरमा आएर खसम खाएको बताए। मन्दिरका पूजारीसँगै भगवान शिवको मुर्ति र शिवलिंग छुँदै कसम खाँदै उनले भने, ‘जनताको घरदैलोमा जाँदा, गोपाल हमाल ठूलो ब्यापारी हो, उसले हजारमा र लाखमा घुस खान्न होला, तर करोड पाए त छोडदैन भन्ने हल्लाहरु सुने, त्यसैले देवाधीदेव महादेवलाई साक्षी राखेर एक पैसा पनि भ्रष्टाचार नगर्ने कसम खाएको हुँ।’

उनले अहिले समाजमा काम गर्छु, इमान्दारीता देखाउँछु भन्ने कुरा पत्याउनै छाडेको बताए। ‘हामी भगवानमा विश्वास गर्छौं, जसले जे मा आस्था राख्छ, त्यसकै कसम त खाने हो नि, त्यसैले मैले बेहडाबाबाको धामभित्रै पसेर कसम खाएको हुँ,’ उनले भने।

उनले आफ्नो घोषणापत्रमै कुनै प्रकारको पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरिसकेका छन्। ‘नगरपालिकाको गाडी नचढ्ने, त्यहाँको अरु कुनै पनि मेयरले पाउने सेवा सुविधा नलिएर, राजनीति  जनसेवा हो भन्ने कुरा स्थापित गर्ने सोच छ,’ उनले भने।  

उनले अहिले राजनीति पेसा हो भन्ने मान्यता स्थापना भएकाले, राजनीति सेवा हो भन्ने बनाउने बताए। गत निर्वाचनमा विजयी जनप्रतिनिधिले गरेका प्रतिज्ञा पूरा नहुँदा अहिले सबै उम्मेदवारमाथि शंका गर्न थालिएको उनको भनाइ थियो।

हमालले अरु उम्मेदवारलाई पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिज्ञा गर्न आग्रह गरे। हमालसँगै धनगढीको वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार सिद्धराज पनेरु, ५ नम्बरका पदमराज भट्ट, १४ नम्बरका वडा अध्यक्षका उम्मेदवार यमबहादुर लामिछाने मगर र १५ का उम्मेदवार कमलबादुर ढाँटले पनि भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.