बर्दियाका ५ पालिकामा नेतृत्वका लागि पुरानै अनुहार

बर्दियाका ५ पालिकामा नेतृत्वका लागि पुरानै अनुहार

गुलरिया : आसन्न स्थानीय तहको निर्वाचनमा बर्दियाका ५ वटा पालिकाहरुमा पुरानै जनप्रतिनिधिहरुले उम्मेदवारी दोहोर्याएका छन्। गुलरिया, ठाकुरबाबा नगरपालिकाको प्रमुख, राजापुर नगरपालिको उपप्रमुख र बढैयाताल तथा गेरुवा गाउँपालिकाका अध्यक्षहरुले आआफ्ना दलहरुबाट पुनः उम्मेदवारी दर्ता गराएका हुन्।

बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा नेपाली काँग्रेसबाट अघिल्लो निर्वाचनका विजेता मुक्तिनाथ यादवले नगरप्रमुख पदमा पुनः उम्मेदवारी दिएका छन्। त्यस्तै ठाकुरबाबा नगरपालिकामा नेकपा एमालेबाट पूर्व विजेता घननारायण श्रेष्ठले पुनः नगरप्रमुख पदमा उम्मेदवारी दिएका हुन्। राजापुर नगरपालिकामा माओवादी केन्द्रबाट उपप्रमुख पदकी विजेता मनकला कुमारी चौधरीले पुनः उपप्रमुख पदमा उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ।

बढैयाताल गाउँपालिकामा पूर्वगाउँपालिका प्रमुख नेकपा एमालेका लाल बहादुर श्रेष्ठले पुन: अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीले नेपाली काँग्रेसबाट पुन गेरुवाको अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। बर्दियामा ५ दलिय गठबन्धन नजोडिएपछि सत्तासिन दलहरु स्थानीय तहको निर्वाचनमा अलगअलग होमिएका छन्। गुलरिया नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेबाट अमर बहादुर खड्का, माओवादी केन्द्रबाट गेहेन्द्र प्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीबाट बालकृष्ण वलीले उम्मेदवारी दिएका छन्।

गुलरियामै लोसपाबाट केशवकुमार यादव, जनमत पार्टीबाट मंगरे गोडिया, राप्रपाबाट सुजितराज श्रीवास्तव, जनता समाजवादी पार्टीबाट सुधाकर मिश्र, राष्ट्रिय जनमोर्चाबाट युवराज ढकाल, नेश्नलिष्ट पिपल्स पार्टीबाट अजय सदाशंकर वि.क. र नागरिक उन्मुक्ति पार्टीबाट सोमई थारुले उम्मेदवारी दर्ता गराएका हुन्। गुलरिया नगरपालिकाको नगर प्रमुख पदमा ११ वटा दल र ४ स्वतन्त्र गरी १५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेहरुमा दिपिका शर्मा, दिपक विसी, अनिल यादव र राजु भण्डारी छन्।

ठाकुरबाबा नगरपालिकाको नगरप्रमुख पदमा नेपाली काँग्रेसबाट तिलकराम लम्साल, माओवादी केन्द्र नेत्रराज आचार्य, नेकपा एस दुर्गाप्रसाद जैसी, राप्रपा कुमारी पार्वती लम्साल, नेमकिपा पवित्रा शाही र स्वतन्त्रबाट धर्मराज रिजालले उम्मेदवारी दिएका हुन्। बारबर्दिया नगरपालिकामा नेपाली काँग्रेसबाट छविलाल थारु, माओवादी केन्द्रबाट दशरथ अगलपथ थारु, एमाले पदम प्रसाद ढकाल, नेमकिपा मञ्जु चौधरी, राजमो नुमलाल रेग्मी, नेपाल दलित पार्टी कृष्ण ढकाल, राप्रपा रामभरोसे थारु, लोसपा महेन्द्र किशोर झा र स्वतन्त्रबाट अशोक केसी, सोमाला थारुले उम्मेदवारी दर्ता गरेका छन्।

बाँसगढी नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रबाट भवन कुमार थारु, नेकपा एमाले खडक बहादुर खड्का, नेपाली काँग्रेस सविनकुमार थापा, राप्रपा रामबहादुर शाही, जनमत पार्टी लेखराज यादव, जसपा विपिन पौडेल, नेमकिपा हरिलाल न्यौपाने र नेश्नलिष्ट पिपल्स पार्टीबाट हुकम बहादुर बुढामगरले उम्मेदवारी दिएका हुन्। मधुवन नगरपालिकाको नगरप्रमुख पदमा एमालेबाट धर्मराज थापा, माओवादी केन्द्र लक्ष्मी प्रसाद शर्मा, नेपाली काँग्रेस तेजबहादुर भाट, राप्रपा गिरीराज न्यौपाने, नेकपा एस दुर्गाबहादुर रिमाल, जसपा निशा सिंह र नेश्नलिष्ट पिपल्स पार्टीबाट अनिशा थारु छन्।

राजपुर नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसबाट दिपक जंग शाह, माओवादी केन्द्र दिपेश थारु, एमाले पहारी चौधरी, राप्रपा राममणी उपाध्याय, राजमो शिवलाल उपाध्याय, नागरिक उन्मुक्ती पार्टी रामगोपाल चौधरी र स्वतन्त्रबाट मोहनलाल चौधरीले उम्मेदवारी दिएका छन्। गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट विश्व बहादुर थारु, एमाले भरत बहादुर धामी, राप्रपा सोनपति थारु, राजमो देवबहादुर जिसी, नागरिक उन्मुक्ती पार्टी छेत्रपाल थारुको उम्मेदवारी दर्ता भएको छ। बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसबाट भगत बहादुर नेपाली, माओवादी केन्द्र हिमालय त्रिपाठी, राप्रपा चुडामणी पौडेल, नेकपा एस कौशिला सिंह ठकुरी तथा स्वतन्त्रबाट दामोदर वास्तोला र देवेन्द्र मल्लले उम्मेदवारी दर्ता गराएका हुन्।

मनोनयन पत्र दर्ता गरेका गुलरियाका पूर्व नगरप्रमुख तस्विर ः यादव आचार्य
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.