बेनीमा मेयर र उपमेयरमा कांग्रेस–माओवादीको तालमेल

बेनीमा मेयर र उपमेयरमा कांग्रेस–माओवादीको तालमेल

बेनी : आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गर्ने भएका छन्। बेनीको नगर प्रमुख र उपप्रमुखमा साझा उम्मेदवार बनाउने सहमति गरेका दुवै पार्टीका उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार अन्तिम समयमा मनोनयन फिर्ता गरेका हुन्। 

नेकपा माओवादीका मेयरका उम्मेदवार धनलाल जैसी र नेपाली कांग्रेसका उपप्रमुखका उमेद्वार अमृतादेवी बानियाको मनोनयन फिर्ता भएको हो। कांग्रेसले मेयरमा चिरञ्जिवी शर्मा र उपमेयरमा माओवादीले ज्योती लामिछाने पौडेललाई उम्मेदवार बनाएका छन्। 

दुई पार्टीको सहमति अनुसार मनोनयन फिर्ता गरेको माओवादीबाट मेयरका उमेद्वार बनेका जैसीले बताए। पार्टी सभापति शेरबहादुर देउबाले हस्ताक्षर गरेको पत्र कांग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएर मनोनयनपत्र फिर्ता गराएका हुन्।  

यसअघि म्याग्दीको धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाको २, ६, ७, ८ र ९ नम्बर वडामा कांग्रेस माओवादीले साझा उम्मेदवारी दर्ता गरेका थिए। अन्य स्थानीय तहमा भने मित्रवत प्रतिस्पर्धा गर्ने नेताहरुले बताएका छन्। 

कांग्रेस र माओवादीको सहमतिप्रति असहमति जनाउँदै सत्ता साझेदार नेकपा एकिकृत समाजवादी म्याग्दीमा पाँच दलीय संयन्त्रबाट बाहिरएको छ। सो पार्टीका जिल्ला इञ्चार्ज मुना बानियाले संयन्त्रबाट बाहिरिएको र जिल्लाका सबै स्थानीय तहमा दर्ता गरेको मनोनयन फिर्ता गरिएको बताइन्।  

कांग्रेस र माओवादीले छलफल र ताममेलमा बेवास्ता गरेको नेकपा एकीकृत समाजवादीका नेताहरुले गुनासो गरेका छन्। बेनीको मेयरमा नेकपा एकीकृत समाजवादीबाट कृष्णकुमार विश्वकर्मा, उपमेयरमा मुना बानियाले मनोनयन दर्ता गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.