पार्टीले कारबाहीको चेतावनी दिएपछि फिर्ता भयो बागी उम्मेदवारी
रसुवा : रसुवाको पाँच वटा पालिकाका नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गरेका अधिकांसले उम्मेदवारी फिर्ता लिएका छन्। बागी उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी दिइएको थियो।
नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गरेका अधिकांसले उम्मेदवारी फिर्ता लिएका पार्टी सभापति पेम्बाछिरिङ तामाङले बताए। उनका अनुसार उम्मेदवारी फिर्ता लिने समय अवधिभित्र नौकुण्डका ९ जना, कालिकाका १ र उत्तरगयाका १ जनाले ले उम्मेदवारी फिर्ता लिएका छन्।
जिल्लाको उत्तरगयामा ५, गोसाइँकुण्डमा १, कालिकामा ८, आमाछोदिङ्मोमा ५ र नौकुण्डमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
जिल्लामा ५ वटा पालिका छन्। जसमा २७ वटा वडा रहेका छन्। यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन्। यस पटकको निर्वाचनमा ४६७ जना प्रतिस्पर्धामा छन्। जिल्लामा १४५ पदको लागि निर्वाचन हुनेछ। जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन। अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता छन्।