सिन्धुली दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

सिन्धुली दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिका-१ र ५ को सिमना नक्कलेमा बागमती प्रदेश–०१–०२६ च ०४५६ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ।

दुर्घटनामा सात जना बढी घाइते भएका छन्। दुई जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज लामाका अनुसार दुर्घटनामा तिनपाटन गाउँपालिका-९ आम्बोटेका वर्ष ४५ का कालु परियार, वर्ष ५१ का रामजीप्रसाद भण्डारी र कमलामाई नगरपालिका-७ की वर्ष ३० की रुपा लुंगेली मगरको घटनास्थलमै मृत्यु भएको हो। 

घाइतेको स्थानीय र प्रहरीले उद्धार गरेर बेलघार स्वास्थ्य चौकीमा उपचारका लागि लगीएको छ। गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि सिन्धुली अस्पतालतर्फ ल्याइदैँ गरिएको बताइएको छ।

जीपमा चालकसहित १२ जना सवार थिए। स्थानीयका अनुसार बोलेरो सिन्धुलीबाट चकमकेको वाङरिङतर्फ जाँदै थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.