झापाका पाँच पालिका प्रमुखमा महिलाको उम्मेदवारी

झापाका पाँच पालिका प्रमुखमा महिलाको उम्मेदवारी

झापा : दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसले झापाका पाँचवटा पालिकामा महिलाको नेतृत्वमा उम्मेदवार उठाएका छन्। नेकपा एमालेले तीनवटा र कांग्रेसले दुई वटा पालिकामा महिलाको नेतृत्वमा चुनावी तयारी गरेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।

झापाको राजनीतिका दुई महत्वपूर्ण केन्द्र बिर्तामोड र दमकमा नेकपा एमालेले दुईजना प्रभावशाली महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएको छ। बुद्धशान्ति गाउँपालिकामा पनि महिलाको नेतृत्वमा नेकपा एमाले चुनावी अभियानमा होमिएको छ। 

राजनीतिक र व्यावसायिक चहलपहल र सक्रियताका हिसाबले पनि झापाको बिर्तामोड प्रमुख केन्द्र मानिन्छ। यही केन्द्रको नेतृत्वका लागि नेकपा एमालेले महिला नेतृ पवित्रा महतारा प्रसाईंलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ। झापाली राजनीतिको अर्को केन्द्र भनेको दमक हो। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएका कारण पनि दमकले जिल्लाको राजनीतिमा महŒवपूर्ण स्थान राख्छ। नगरको नेतृत्व गर्न नेकपा एमालेले गीता अधिकारीलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ। एमालेले झापाको बुद्धशान्ति गाउँपालिकामा महिला नेतृ मीरा भुर्तेललाई उम्मेदवार बनाएको छ। यसअघि भुर्तेल गाउँपालिकामा उपाध्यक्ष थिइन्। 

पाँचदलीय गठबन्धनका नाममा एमालेविरुद्ध मोर्चाबन्दी गरेको कांग्रेसले झापाको अर्जुनधारा नगरपालिका र गौरीगन्ज गाउँपालिकामा महिलालाई उम्मेदवार बनाएको जिल्ला सचिव कृष्ण हुमागाईंले बताए। 

अर्जुनधारामा कांग्रेसका तर्फबाट रञ्जिता कार्की नगर प्रमुखका रूपमा चुनावी मैदानमा छिन्। झापाको गौरीगन्ज गाउँपालिकामा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको कांग्रेसले फूलवती राजवंशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ। आदिवासी बाहुल्य क्षेत्रमा कांग्रेसले दोस्रो पटक राजवंशीको नेतृत्वमा चुनावी तयारी गरेको हो। २०७४ को स्थानीय तह निर्वाचनमा पनि राजवंशी उठेकी थिइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराजा श्रेष्ठसँग हारेकी राजवंशीसँग यसपटक एमालेका तर्फबाट पुराना नेता विजय अग्रवाल चुनावी मैदानमा छन्। राप्रपाका तर्फबाट बाबुराजा श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट मेनुका राजवंशी र जसपाबाट घनश्याम रिजाल पनि उनका प्रतिस्पर्धी हुन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.