रसुवामा ५ दलित सदस्य निर्विरोध

रसुवा : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५ जना निर्विरोध चयन भएका छन्। आइतबार र सोमबार भएको मनोनयन दर्ता गराएका ५ जना दलित सदस्य निर्विरोध चयन भएका हुन्।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५, कालिकाको वडा नम्बर १ र आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन्। जिल्लाको आमाछोदिङ्मो गाउँपालिका-२ मा कांग्रेसका दिलमाया विक, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका गममाया विक, कालिका गाउँपालिका- १ मा नेकपा माओवादी केन्द्रका ज्योती सरा परियार, गोसाइँकुण्ड गाउँपालिका-२ मा नेपाली कांग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा नेकपा एमालेकी कान्छी लाटी कमिनी निर्विरोध भएका हुन्।
तीन स्थानमा दलित नहुँदा पद खाली
गोसाइँकुण्ड गाउँपलिकाको वडा नम्बर १, ३ र ४ मा दलित महिला सदस्यमा एउटै उम्मेदवारी परेन।यस क्षेत्रमा दलित नभएका कारण तीन वटा पदमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
