हावाहुरीले जिल्ला अदालत जाजरकोटको छाना उडायो

हावाहुरीले जिल्ला अदालत जाजरकोटको छाना उडायो

जाजरकोट : शुक्रबार राति आएको हावाहुरीले जिल्ला अदालत जाजरकोटको भवनको छाना उडाएको छ। हावाहुरीले ६ कोठे भवनको टिनको छाना उडाएको हो।

उक्त भवनमा लेखाशाखा, स्टोर, कर्मचारी तथा सुरक्षाकर्मीको अवास थियो। सुतिरहेका एक जना कर्मचारी भागेर ज्यान बचाएका थिए। टिनको छाना उडाउनका साथै कोठा भित्रका सबै समान नष्ट भएको प्रहरीले जनाएको छ।

क्षतिको पूर्ण विवरण अझै आइनसकेको जिल्ला न्यायाधिश यज्ञराज आचार्यले बताए। उनले मुख्य निर्वाचन अधिकृतिको कार्यालयसमेत जिल्ला अदालतमै भएकोले केही काम प्रभावित हुने बताए।

तत्काल अस्थायी ब्यवस्था गरेर भएपनि काम सूचारु गर्न हुन्थ्यो तर त्यसको लागि बजेटको समस्या पर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.