सम्पत्ति शुद्धीकरण मुद्दामा तानिइन् ज्याकलिन, ७.२७ करोड भारु जफत

सम्पत्ति शुद्धीकरण मुद्दामा तानिइन् ज्याकलिन, ७.२७ करोड भारु जफत

मुम्बई : बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा कारवाही थालिएको छ।

भारतको आर्थिक खुफिया एजेन्सी प्रवर्तन निर्देशनालय (ईडी)ले मनि लण्डरिङ केसमा शनिबार ज्याकलिनको ७.२७ करोड भारुको सम्पत्ति जफत गरेको हो।

करोडौं ठगीको आरोपमा हिरासतमा रहेका सुकेश चन्द्रशेखरसँग ज्याकलिनको नाम जोडिएपछि उनी पनि छानविन तानिएकी थिइन्। ईडीको सोधपुछमा उनले सुकेशले महंगा उपहारहरु दिएको स्वीकारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  

सुकेशले धोकाधडीबाट आर्जन गरेको अवैध धनको प्रयोग गरेर ज्याकलिनलाई उपहार दिएको भन्दै इडीले छानविन गरी सो वापतको ज्याकलिनको सम्पत्ति जफत गरेको हो। ज्याकलिन पछिल्ला वर्षमा सुकेशसँग निरन्तर सम्पर्कमा रहेको अनुसन्धानमा देखिएको थियो।

ज्याकलिनको सुकेशसँग रोमान्टिक तस्बिरसमेत सार्वजनिक भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.