मतदाता रिझाउन घरदैलोमा उम्मेदवार

मतदाता रिझाउन घरदैलोमा उम्मेदवार

ढल्केवर(धनुषा) :  आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले चुनाव चिन्ह पाएसँगै मतदाता रिझाउन घरदैलो अभियान सुरु गरेका छन् । चुनाव चिन्ह पाएसँगै स्वतन्त्र तथा राजनीतिक दलका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा होमिएका हुन् । मतदाताहरुलाई आफ्नो पक्षमा पार्न विभिन्न एजेण्डाहरु लिएर उम्मेदवारहरु घरदैलो अभियानलाई तीव्र पारेका छन् । धनुषाको मिथिला नगरपालिकामा पनि उम्मेदवारहरु नगरको विभिन्न वडाबाट घरदैला अभियान सुरु गरेका छन् ।

मिथिला नगरपालिकाको मेयरका लागि २० जना उम्मेदवार चुनावी मैदानमा छन् । सतारुढ दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी एक्लाएक्लै लडे पनि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् । माओवादीले मेयर र जसपाले उपमेयरको उम्मेदवार बनाएर गठबन्धन गरेको छ ।

मेयर पदमा नेपाली कांग्रेसबाट महेन्द्र महतो, नेकपा माओवादी केन्द्रबाट रामकुमार महतो, नेकपा एकीकृत समाजवादीबाट सूर्यप्रसाद पुडासैनी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट राजकुमार थापा, जनमत पार्टीबाट सरोज कुमार सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक कुमार कार्कीलगायत २० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

समय कम रहेकाले घरदैलो अभियानलाई तीव्रता दिएको नेकपा माओवादी केन्द्रका मेयरका प्रत्यासी रामकुमार महतोले बताए । उम्मेदवारहरुले वैशाख २७ गतेसम्म चुनाव प्रचार प्रसार गर्न पाउने समयाअवधि तोकिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका हरिनारायण महतोले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै मिथिला नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

 मेयरका लागि उनले दोस्रो पटक दोहोरिन पार्टीमा आकांक्षा राखेका थिए । तर, पार्टीले अन्तिम समयमा राजाराम महतोलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका हरिनारायणले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । पछिल्लो समय मेधसमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र मानिएको हरिनारायणले पार्टीको निर्णयविरुद्धमा उभिएपछि उनलाई फकाउन ओलीले काठमाडौं नै बोलाएका थिए । 

ओलीसँग सहमतिपछि उम्मेदवारी फिर्ता लिएर एमालेबाटै मेयरमा उठेका राजारामलाई सघाउन हरिनारायण तयार भएका हुन् । एमालेबाट बागी बनेर मेयरको दौडमा रहेका हरिनारायण ब्याक भएपछि प्रतिस्पर्धाका लागि एमाले उम्मेदवारलाई सहज भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.